३ श्रावण २०८३, आईतवार

 

नयाँ बसपार्कमा सामूहिक बलात्कार प्रकरण : नौ जनालाई थुनामा पठाउन आदेश

जिल्ला अदालत काठमाडौंले गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा भएको सामूहिक बलात्कारका आरोपित नौ जना आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।

न्यायाधीश रामचन्द्र पौडेलको इजलासले बुधबार उक्त घटना नौ जनालाई आरोपीलाई थुनामा राख्न र उक्त घटनामा प्रयोग भएका ३ गेष्टहाउस सञ्चालकहरूलाई जनही रु ३–३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

गत पुस १२ गते ३४ वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ९ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung