१९ बैशाख २०८१, बुधबार

 

पत्रकार महासंघद्वारा सूचना आयोगका सचिव पाण्डे सम्मानित

बागलुङ – नेपाल राष्ट्रिय सूचना आयोगको सचिव तथा जिल्ला प्रशासन कार्यालय बागलुङका पूर्वप्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेलाइलाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले उनलाई सम्मान गरेको हो ।पाण्डेलाई नेपाल पत्रकार महासंघ बागलुङ शाखाको लागि जग्गा प्राप्तिमा महत्वपूर्ण सहयोग गरेकोले महासंघले कदरपत्र र दोसल्लाले सम्मान गरेको हो ।

कार्यक्रममानेपाल राष्ट्रिय सूचना आयोगको सचिव तथा जिल्ला प्रशासन कार्यालय बागलुङका पूर्वप्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डले पत्रकार महासंघलाई जग्गा दिलाउन आफूले गरेको कोशिस र सबैको सहयोगले बागलुङका पत्रकारहरु आफनै भवनमा बसेर काम गर्न पाएकोमा आफू धेरै नै हर्षित भएको बताए ।

प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारीको रुपमा रहदा जिल्ला प्रशासन कार्यालयको नयाँ भवनलाई पूर्णता दिन, सडक बालबालिकाको व्यवस्थापन,मानव सेवा आश्रमलाई भवन दिलाउन र पत्रकार महासंघलाई जग्गा दिलाउन गरेको प्रयास महत्वपूर्ण उपलब्धीहरु भएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय बागलुङका पूर्वप्रमुख जिल्ला अधिकारी पाण्डे, बागलुङ नगरपालिकामा प्रतिनिधित्व गर्ने तत्कालिन राजनैतिक दलहरुका प्रतिनिधिहरु र नगरपालिका परिवारको सहयोगमा पत्रकार महासंघ स्थापना भएको १६ वर्षपछि जग्गा प्राप्त गर्न सहज भएको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्वअध्यक्ष तथा सल्लाहकार मुकेशचन्द्र राजभण्डारीले बताए ।

पूर्वप्रमुख जिल्ला अधिकारी पाण्डे र सरोकारवालाहरुको सहयोगले मात्र पत्रकार महासंघले भवनको लागि जग्गा प्राप्त गर्न संंम्भव भएकोले यस कार्यमा योगदान दिनु हुने सबै प्रति महासंघ आभारी भएको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष नरेश कँडेले भने । कार्याक्रम नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष नरेश कँडेलको अध्यक्षतामा र सचिव विजय रानाको संचालनमा सम्पन्न भएको थियो ।

विसं २०५४ सालमा राजेशचन्द्र राजभण्डारीको नेतृत्वमा क्रियाशिल शाखाले स्थापना कालदेखि पूर्वअध्यक्षहरुको पहलमा जग्गा प्राप्तिको लागि धेरै नै मेहनत गर्दा पनि जग्गा पाउन संम्भव भएको थिएन् । बागलुङ बजारको विभिन्न ठाउँहरुको सार्वजनिक र सरकारी जग्गा हेरे पनि उपयुक्त ठाउँमा जग्गा प्राप्त गर्न सकिएन ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाका तत्कालिन अध्यक्ष मुकेशचन्द्र राजचण्डारीको नेतृत्वमा विसं २०७० सालमा बागलुङ नगरपालिका वडा नं २ जनस्वास्थ्य कार्यालयसँगैको बालकल्याण समितिको नाममा रहेको जग्गा नेपाल राष्ट्रिय सूचना आयोगको सचिव तथा जिल्ला प्रशासन कार्यालय बागलुङका पूर्वप्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डको विशेष पहलमा महासंघको नाममा जग्गा ल्याउन संम्भव भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्