९ कार्तिक २०८३, आईतवार

 

प्रत्यक्ष दृष्टि सहकारीको आयोजनामा सहकारी शिक्षा र वनभोज कार्यक्रम सम्पन्न

काठमाडौं – प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारीको आयोजनामा ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा स्वीजरल्या्ड पार्क, इन्द्र दहमा नारिहित बचत कार्यक्रम र प्रत्यक्ष कालिका बचत सदस्यहरूको लागि सहकारी शिक्षा र वनभोज कार्यक्रमको आयोजना गर्यो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष कृष्ण कुमार राजभण्डारीले स्वागत गर्नु हुँदै संस्थाको वर्तमान आर्थिक स्थितिको बारेमा प्रकाश पार्नु भएको थियो ।कार्यक्रममा डा स्वयं प्रकाश श्रेष्ठले नारी हित नै परिवारको हित र समाजको हित भएको कुरा प्रकाश पार्नु भयो । वडा नं २६ का वडाध्यक्ष खेम तिवारीले सहकारीले गरेको प्रगति प्रति खुसी व्यक्त गर्नु भयो ।

कार्यक्रममा नारी हित बचतका संयोजक शैब्या प्रधानले सहकारीले हामी महिलालाई बचत गर्न र उद्यम गर्न प्रेरित गरेको र पाँच वर्षे कार्यक्रम सम्पन्न भई पुन कार्यक्रम सञ्चालन गरेको र यसबाट हामी नारी प्रभावित भएको र धेरै नारी सदस्यलाई आबद्धता गरी नारीलाई स्वावलम्बी बनाउन यसले ज्यादैथुलो भूमिका खेलेकोमा खुसी व्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रत्यक्ष दृष्टि नेपालका अध्यक्ष श्याम प्रसाद श्रेष्ठ , सामाखुसी टोल सुधार समितिका अध्यक्ष महेश्वर कुमार श्रेष्ठ, नारी हित सदस्य मञ्जु श्रेष्ठ राजभण्डारी, संस्थाका कार्य समिति सदस्य लक्ष्मी थापा श्रेष्ठ, संस्थाका सल्लाहकार विष्णु कुमारी न्यौपाने, प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारीका अध्यक्ष हरिकृष्ण उपाध्याले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नागरिक लगानी कोषका पूर्वप्रमुख एबम् राष्ट्र बैंकका पूर्वअधिकृत ऋषिराम गौतमले संस्थाको आर्थिक गतिविधिबाट आफू प्रभावित भएको र भविष्यमा पनि यसले प्रभावकारी तरिकाले सदस्यहरुलाई सेवा दिएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रम प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारीका अध्यक्ष हरिकृष्ण उपाध्या अध्यक्षता र संस्थाका सचिव किस्मत जंग राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung