८ जेष्ठ २०८१, मंगलवार

 

लायन्स क्लब अफ धौलागिरि बागलुङको २५ औं वार्षिकोत्सव सम्पन्न

बागलुङ – हामी सेवा गर्छौं भन्ने उद्देश्यका साथ स्थापना भएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ धौलागिरि बागलुङको २५ औं वर्ष पुगेको अवसरमा लायन्स रजत जयन्ती कार्यक्रम गरि मनाएको छ ।

लायन्स क्लबहरुमध्ये धौलागिरिको सबैभन्दा पुरानो लायन्स क्लबको २५ औं रजत जयन्तीको अवसरमा अहिलेसम्म क्लबको अध्यक्ष भएर सामाजिक सेवाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अध्यक्षहरूलाइ सम्मान गरिएको थियोे ।

१९९५ सालमा क्लब स्थापना गर्न योगदान पुर्‍याउने संस्थापन अध्यक्ष केवी रानामगर ,पूर्वअध्यक्षहरु कृष्णप्रसाद शर्मा ,देवबहादुर श्रेष्ठ ,लालचन्द्र राजभण्डारी,हरिप्रसाद शर्मा ,मनकुमारी केसी ,श्याम श्रेष्ठ ,अर्जुन घिमिरे ,काजीमान गुरूङ,अनुप कुमार श्रेष्ठ ,राजेशचन्द्र राजभण्डारी ,राजकुमार श्रेष्ठ ,उत्तम कुमार राजभण्डारी ,आ‌ेम प्रकाश गौतम , बबिता शर्मा ,भरत शर्मा ,शशि कपुर श्रेष्ठ ,जयराम भारी ,राजन कुमार शाक्यलाई कार्यक्रममा सम्मान गरिएको थियोे ।

कार्यक्रममा लायन्स क्लब धौलागिरि बागलुङका संस्थापक अध्यक्ष केबी रानामगर ,पूर्वअध्यक्ष लालचन्द्र राजभण्डारी , श्याम श्रेष्ठ , काजीमान गुरूङ, असिसटेन्ट चिफ एडभाइजर दुर्गा बहादुर कुँवर ,एमजेएफ लायन पार्वती अधिकारीले मन्तव्य व्यक्त गरेका थिए ।

लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष तालबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लायन्स क्लब अफ धौलागिरिका प्रथम उपाध्यक्ष निर्माण कुमार श्रेष्ठ र सचिव राजेश भारीको संचालनमा सम्पन्न भएको थियोे ।बागलुङमा शैक्षिक,सामाजिक,जनस्वास्थ्य र मानविय क्षेत्रमा महत्वपूर्णं योगदान दिएको लायन्स क्लब अफ धौलागिरिले धेरै युवाहरुलाई सामाजिक विकासमा जोड्नुको साथै नेतृत्व विकासमा पनि योगदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्