८ जेष्ठ २०८१, मंगलवार

 

बागलुङका १० स्थानीय तहमा मनोयन दर्ता

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि बागलुङ जिल्लाको १० वटा स्थानीय तहमा राजनीति दलले प्रमुख ,उप प्रमुख ,अध्यक्ष, उपाध्यक्ष ,वडा अध्यक्ष तथा सदस्यहरूले मनोनयन पत्र दर्ता गरेका छन् । सत्ता गठबन्धनको र एमाले राप्रपाले गठवन्धन गरि मनोनयन दर्ता गरेका छन् ।

बागलुङ नगरपालिकाको नगर प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका बसन्त कुमार श्रेष्ठ, उप प्रमुखमा माओवादी केन्द्रका राजु खड्काले मनोनयन दर्ता गराएका छन् । यस्तै एमाले राप्रपा गठबन्धन बाट नगर प्रमुखमा एमालेबाट जनकराज पौडेल ,उप प्रमुखमा राप्रपाका संजय खड्काले उमेदवारी दर्ता गराएका छन् ।

बिहान १० बजेदेखि उमेदवारी दर्ताको लागि निर्वाचन अधिकृतको कार्यालय खुलेपनि गठबन्धन लगायतका ठुलादलले आफ्नो उमेदवारी टुंग्याउन नसक्दा दिउँसो ४ बजे पछि मात्र आफ्नो मनोनयन दर्ता राजनीतिदल बाजा गाजा सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

यस्तै गलकोट नगरपालिकाको नगर प्रमुखमा गठवन्धनबाट नेपाली कांग्रेसका भरत गैरे, उप प्रमुखमा माओवादी केन्द्रका फमलाल निउरे उम्मेदवारी दर्ता गराएका छन् भने एमालेबाट नगर प्रमुखमा पदमा पूर्ण काउचाले र उप प्रमुखमा रुपा विकले उम्मेदवारी दर्ता गरेका छन् । ढोरपाटन नगरपालिकाको नगर प्रमुखमा गठवन्धनबाट माओवादी केन्द्रका चन्द्र अर्याल र उप प्रमुखमा नेपाली कांग्रेसका धनबहादुर कायत कल्याणले उम्मेदवारी दर्ता गरेका छन् ।

एमालेबाट नगर प्रमुख देवकुमार नेपाली र उप प्रमुखमा करमति पुनले उम्मेदवारी दिएका छन् । जैमिनी नगरपालिकाको नगर प्रमुखमा राष्ट्रिय जनमोर्चाका नरबहादुर थापा उप प्रमुखमा नेपाली कांग्रेसका हरिहर शर्मा ले उमेदवारी दर्ता गरेका छन् । एमालेबाट लिला रानाले उम्मेदवारी दिएका छन् ।

स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनले बागलुङमा चुनावी तालमेल गरेर जाने सहमति गरे अनुसार उम्ेदवारी दिएका छन् । बागलुङका १० स्थानीय तहमध्य नेपाली कांग्रेसले बागलुङ नगरपालिका, काठे खोलागाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकामा प्रमुख पाएको छ ।


माओवादी केन्द्रले तराखोला गाउँपालिका र ढोरपाटन नगरपालिका प्रमुख पाउने भएको छ। त्यस्तै राष्ट्रिय जनमोर्चाले बरेङ गाउँपालिका र जैमिनी नगरपालिका प्रमुख पाउने सहमती भएको छ ।

नेपाली कांग्रेसले जैमिनीनगरपालिका, बरेङ गाउँपालिका र ताराखोला गाउँपालिकामा उपप्रमुख, माओवादी केन्द्रले बागलुङ नगरपालिका, गलकोट नगरपालिका र निसिखोलागाउँपालिकाको उप्रमुख पाउने भएको छ।

त्यस्तै राष्ट्रियजनमोर्चाले काठेखोलागाउँपालिका र बडिगाडगाउँपालिका र एकिकृत समाजवादीले तमानखोला गाउँपालिकाको उपप्रमुख पाउने सहमति भएको छ । जनता समाजवादीलाई २ कार्यपालिका सदस्य र ११ वडा सदस्यदिने गरि सहमती गरेका छन् ।

जिल्लाका ८५ वडामध्ये नेपाली कांग्रेसलाई ४३, माओवादी केन्द्रलाई २१, राष्ट्रियजनमोर्चालाई १५ र एकिकृत समाजवादीलाई ६ वडादिने गरि सहमती नेपाली कांग्रेस बागलुङका जिल्ला सभापती जीत शेरचनले बताए ।
अहिले पार्टीले दिएको टिकटमा असहमति जनाउदै एमाले र माओवादीका कार्यकर्ताले वडा अध्यक्ष पदमा वागी उमेदवारी समेत दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्