८ जेष्ठ २०८१, मंगलवार

 

दृष्टिविहीन युवालाई आर्थिक सहयोग हस्तान्तरण

बागलुङ – एकै परिवारका दुई दृष्टिविहीन युवालाई आर्थिक सहयोग गरिएको छ । रोजगारीको लागि आयरल्यान्ड गएका बागलुङका व्यक्तिहरुले बागलुङ नगरपालिका वडा नं ६ स्थित लमगाउँका दुई युवालाई आर्थिक सहयोग गरेका हुन् । युवा अवस्थामा आँखा गुमाएका लमगाउँस्थितका ४२ वर्षीय खिमबहादुर थापा र ३४ वर्षीय अम्बरबहादुर थापालाई आयरल्यान्डमा रहेका अशोक मगर ‘प्रेम’को पहलमा संकलन भएको ९० हजार ८ सय २१ रुपैया नेत्र ज्योति संघ

बागलुङका अध्यक्ष भरत पुरी र बागलुङ नगरपालिकाका पूर्वउपमेयर पद्यचन्द्र राजभण्डारीले हस्तान्तरण गरिएका थिए ।आर्थिक अवस्था कमजोर रहेका दृष्टिविहीन युवाहरुलाई सानीआमा र बुवाले हेरचाह गर्दे आएका छन । १४ जनाको परिवार रहका उनीहरुलाई रेखदेख गर्न समस्या हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्