८ जेष्ठ २०८१, मंगलवार

 

लायन्स क्लवद्वारा जनप्रतिनिधिलाई स्वागत

लायन्स क्लव अफ धौलागिरि, बागलुङ र लायन्स क्लव अफ बागलुङ सिटीको संयुक्त आयोजनामा नवनिर्वाचित जनप्रतिनिधिहरु स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा नवनिर्वाचित मेयर बसन्त कुमार श्रेष्ठ, बागलुङ नगरपालिका वडा नं ८ सिगानाका वडा अध्यक्ष छम बहादुृर कार्की र बागलुङ नगरपालिका वडा नं २ का वडा सदस्य अर्जुन घिमिरेलाई खादा,माला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

मेयर श्रेष्ठ र वडा सदस्य घिमिरे लायन्स क्लब अफ धौलागिरिका पूर्वअध्यक्ष हुन् भने वडा अध्यक्ष छम बहादुृर कार्की क्लबका कार्यसमिति सदस्य हुन् । कार्यक्रममा लायन्स क्लब अफ धौलागिरि,बागलुङका संस्थापक अध्यक्ष केवि राना मगर, पूर्वअध्यक्ष काजिमान गुरूङ, अध्यक्ष तालबहादुर कुँवर, वडा सदस्य अर्जुन घिमिरे, वडा अध्यक्ष छम बहादुृर काकी, मेयर बसन्त कुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम लायन्स क्लब अफ धौलागिरि, बागलुङको अध्यक्ष तालबहादुर कुँवरको अध्यक्षता, लायन्स क्लव अफ बागलुङ सिटीकी उपाध्यक्ष सृजना श्रेष्ठको स्वागत र लायन्स क्लव अफ धौलागिरि, बागलुङको सचिव राजेश भारीको संचालनमा सम्पन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्