८ जेष्ठ २०८१, मंगलवार

 

गलकोट समाज पोखराको भवनको शिलान्यास

पोखरा – गलकोट समाज पोखराको भवनको शिलान्यास गरिएको छ । पोखराको केन्द्र भाग पर्ने चाउथे रातडांडामा समाजले हालै खरिद गरेको करिव ११ आना जग्गामा स्पोर्ट्स सेन्टर सहितको समाज घर निर्माणका लागि शिलान्यास गरि निर्माणको काम प्रारम्भ भएको छ ।

बागलुङको गलकोट क्षेत्रका पोखरामा बसोबास गर्ने पोखरेली गलकोटेहरुको संस्था गलकोट समाज पोखराले करिव २ करोड लगानीमा सो समाज घर बनाउन थालेको हो ।

शिलान्यासका लागि घुम्टे पहाडको शिला, दरम र गौदीखोलाको पानी,गाजादहको माटो र ताराखोलाको फ़ुल जगमा राखेर शिलान्यास गरिएको हो । कार्यक्रम गुमानसिं थापाको स्मृतिमा छोरा राजन र निराजनको विशेष उपस्थिति र हजुरआमा ८८ वर्षीय मनकुमारी थापाले जग स्थापना गर्नु भएको थियो ।

कार्यक्रममा अन्तराष्ट्रिय गलकोट समाजका अध्यक्ष बेलुकाजी थापा, सल्लाहाकार मोहनचन्द राजन, निवर्तमान अध्यक्ष मीनबहादुर खत्री, पूर्वअध्यक्ष हिराबहादुर खत्रीले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम गलकोट समाज पोखराको अध्यक्ष खड्कबहादुर थापाको अध्यक्षता र संचालन महासचिव तुलचन्द्र खिम थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्