काठमाडौं – धवलागिरि बचत तथा ऋण सहकारीले आफनो सेयर सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेको छ । सहकारी शिक्षा मार्फत सेयर सदस्यहरुलाई सहकारीको महत्व र सहकारीबाट आर्थिक र समाजिक जिवनमा सहयोग पुगोस भनि कार्यक्रम आयोजना गरिएको धवलागिरि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष युक्त प्रसाद शाक्यले नयाँ विश्वलाई बताए ।
कार्यक्रममा प्रशिक्षक विष्णु सुवेदीले समुदायलाई सहकारीको आवश्यकता, बचत र कर्जाको महत्व, सेयर सदस्यको भूमिका, सहकारी मार्फत गाउँ र शहरमा रहेका विपन्न वर्गको उत्थान, आर्यआर्जनको सुविधा र सहकारीले दिने आर्थिक समाजिक हितको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा धवलागिरि बचत तथा ऋण सहकारीका पूर्वअध्यक्ष श्रवणलाल शाक्य, सल्लाहकार पुष्पमान श्रेष्ठ, अध्यक्ष युक्त प्रसाद शाक्य र सदाबहार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किस्मतमणि श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।
धवलागिरि बचत तथा ऋण सहकारीका युक्त प्रसाद शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षा उपसमितिका संयोजक विजया लक्ष्मी राजभण्डारीले र संचालन शिक्षा उपसमितिको सदस्य बाल कुमार शाक्यले गरेका थिए ।
कार्यक्रममा सहकारीका कार्यसमितिका र उपसमितिका सदस्यहरु, सेयर सदस्यहरु र कर्मचारीहरुको उपस्थिति थियो ।२०५६ माघ ३ गते २८ जना संस्थापन सेयर सदस्यहरुको सहभागितामा धवलागिरि बचत तथा ऋण सहकारी दर्ता भएको थियो ।
काठमाडौं महानगरपालिका ११, सुन्धारा, दहमार्गमा कार्यालय रहेको सहकारीको संस्थापक अध्यक्ष शत्रुध्न श्रेष्ठले प्रारम्भिक समयमा नेतृत्व गरेका थिए । संस्थामा हाल ७ सय ३५ जना सेयर सदस्य रहेका छन् भने २ करोड ६९ लाख ८५ हजार रुपैयाँ शेयर पुँजी पुगेको छ भने ९ जना जनशक्ति रहेका छन् ।
























































































































































































































