८ जेष्ठ २०८१, मंगलवार

 

मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि श्रेष्ठ परिवारले ५ लाख सहयोग

बागलुङ नगरपालिका – ४ निर्णयघाटमा निर्माण हुदै गरेको मानव सेवा आश्रमको भवन निर्माणका लागि बागलुङ बजारका एक परिवारले रु ५ लाख आर्थिक सहयोग गरेका छन् ।

गण्डकी प्रदेश सरकार विभिन्न स्थानीय तह तथा दानदाताको सहयोगमा आधुनिक भवन निर्माण भइ रहेको छ ।

आफ्ना मातापिता श्रीप्रसाद श्रेष्ठ र नन्द कुमारी श्रेष्ठको स्मृतिमा आश्रमको १ कोठा निर्माणको लागि बागलुङ नगरपालिका – ३ का समाजसेवी छोरी चयन देवी श्रेष्ठ र छोराहरु श्रीप्रकाश श्रेष्ठ, चन्द्र विन्दु श्रेष्ठ, इन्दु श्रेष्ठ, वीरेन्द् प्रकाश श्रेष्ठ,हिमालय प्रकाश श्रेष्ठ ,स्वयम प्रकाश श्रेष्ठ र मधुकर प्रकाश श्रेष्ठले आश्रमको लागि एउटा कोठा निर्माण गर्न ५ लाख ११ हजार १ सय ११ रूपैयाँ सहयोग गर्नुभएको हो ।

५ लाख सहयोग गर्ने परिवारको नाममा मानव सेवा आश्रमको नयाँ भवनको एक कोठामा शिलालेख राख्ने व्यवस्था भएको आश्रमको अभिभावक शिव खड्काले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

कार्यक्रममा सहयोगदाता चयन देवी श्रेष्ठ, समाजसेवी डा कृष्णबहादुर श्रेष्ठ, एभिन्युज टेलिभिजनका सम्वाददाता राजेशचन्द्र राजभण्डारी लगायतले आश्रमको भवन बनाउने अभियान सकारात्मक अभियान भएकोले यसलाई सबैको सहयोग र समर्थन जरुरी रहेको बताउनुभएको थियो ।  कार्यक्रमको संचालन आश्रमका अभिभावक निर्मल बहादुर  श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्