८ जेष्ठ २०८१, मंगलवार

 

चट्याङ लागेर मृत्यु भएको परिवारलाई ३ लाख राहत हस्तान्तरण

चट्याङ लागेर मृत्यु भएको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

काठेखोला गाउँपालिका वडा नं ४ तंग्राम निवासी गजेन्द्र पुनलाई ३ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालय बागलुङको सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल र काठेखोला गाउँपालिकाको अध्यक्ष राजु थापाले हस्तान्तरण गरेका थिए ।

गजेन्द्र पुनको २८ वर्षीय श्रीमती सुश्मा पुनको चट्याग लागेर असार १४ मृत्यु भएको थियो । जिल्ला प्रशासन कार्यालय बागलुङबाट २ लाख ५० हजार र काठेखोला गाउँपालिकाबाट ५० राहत रकम उपलब्ध गराइएको थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल, काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा र वडा अध्यक्ष लक्ष्मण पुनले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको अध्यक्षता काठेखोला गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष लक्ष्मण पुनले गरेका थिए ।

तस्वीर अर्जुन ढकाल

प्रतिक्रिया दिनुहोस्