७ जेष्ठ २०८१, सोमबार

 

उच्च अदालत पोखरा बागलुङ इजलासमा कार्यरत निजामती कर्मचारीद्वारा आश्रममा सहयोग

 

निजामती सेवा दिवसको अवसरमा उच्च अदालत पोखरा बागलुङ इजलासमा कार्यरत निजामती कर्मचारीहरुले मानव सेवा आश्रम बागलुङलाई सहयोग गरेका छन् । १९ औं निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरुले आश्रमा अश्रीत ५० भन्दा बढी सहयोगापेक्षी बेसहारा सडक मानवहरूलाई साझँको खाना सहयोग गरेका हुन् ।

सो अवसरमा बोल्दै उच्च अदालत पोखरा बागलुङ इजलासका रजिष्टार नेत्र प्रसाद भुषालले सबैमा मानविय सेवा हुनुपर्ने बताउँदै सडकमा रहेकाहरुलाई आश्रमले उद्धार गरि राखेकोले सबैले सहयोग गर्नुपर्ने बताउनु भयो । मानव सेवा आश्रमले सञ्चालन गर्दै आएका सामाजिक कार्यहरुको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग तथा सद्भाव रहने बताउनु भयो ।

आश्रमका अभिभावक तथा अधिवक्ता राम शर्माले अहिले आश्रममा विभिन्न व्यक्ति तथा संघ संस्थाले नियमित रुपमा सहयोग गरिरहेका भन्दै मानविय सेवानै पवित्र धर्म भएको बताउनु भयो। शर्माले बागलुङ नगरपालिका ४ निर्णयघाटमा मानव सेवा आश्रमको भवन निर्माणको चरण रहेकोले भवन बनाउने अभियानमा सबैको सहयोग र समर्थन जरुरी रहेको बताउनु भयो ।

मानव सेवा आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले आश्रमलाई सम्झेर सहयोग गरेकोमा धन्यबाद दिदै मानविय धर्म निर्वाह गरेको बताउनु भयो । आश्रममा महिला, पुरुष र बालबालिका गरि ५० भन्दा वढीले आश्रल लिएका छन् ।

कार्यक्रमको सञ्चालन मान सेवा आश्रमका विपना तामाङले गर्नु भएको थियो । ‘व्यावसायिक र सिर्जनशील प्रशासन स् विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ औं निजामती सेवा दिवस मनाइएको छ ।
२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्