बागलुङको सक्रिय सामाजिक संस्था रोटरी क्लब अफ बागलुङले आफनो १७ औं स्थापना दिवश मनाएको छ ।
कार्यक्रममा रोटरी क्लब अफ पर्वतका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाई, रोटरी क्लब अफ मिट टाउन, पोखराका पूर्वअध्यक्ष केशव आचार्य, रोटरी डिष्ट्रिक ३२९२ का क्लबको असिस्टेंट गर्भनर तथा रोटरी क्लब अफ त्रिपुरेश्वरका पूर्वअध्यक्ष भरत कुमार श्रेष्ठ, रोटरी क्लबका डिइटि चियर पर्सन रवि बराल, पूर्वगर्भनरहरु राजिव पोखरेल, किरण लाल श्रेष्ठ, चिन्तामणि भट्टरार्ई र रविन्द्र पियाँले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
स्थापना दिवशको अवसरमा रोटरी क्लब अफ बागलुङका संस्थापकहरु चार्टर उपाध्यक्ष लक्ष्मी जिसी कार्की, क्लबका संस्थापक सचिव तथा पूर्वअध्यक्ष रेशम बहादुर कार्की, संस्थापक सदस्य तथा पूर्वअध्यक्ष बालकृष्ण शर्मा, संस्थापक कोषाध्यक्ष तथा पूर्वअध्यक्ष भवन राज बराल, संस्थापक ज्वाइन सक्रेटरी तथा अध्यक्ष नारायण पौडेललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा धौलागिरि अंचल अस्पताललाई दुई वटा हुइल चियर, कालिका भगवती गुठीलाई दुई वटा हुइल चियर र तमानखोलाका भिम प्रसाद छन्त्याललाई एउटा हुइल चियर र बानपा १३ का डल्ले सार्कीलाई एउटा हुइल चियर प्रदान गरिएको थियो । कार्यक्रम रोटरी क्लब अफ बागलुङका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा, पूर्वअध्यक्ष भवन राज बरालको स्वागत र संचालन सचिव पुनम शर्माले गरेका थिए ।






















































































































































































































