निलगिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार साधारण सभाको उद्घाटन गर्दै जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले सहकारीको विकासले हरेक नागरिकलाई टेवा पुगेको बताए ।
उनले शेयर सदस्यको निरन्तर चासोले नै सहकारीको विकास हुने बताए । शर्माले जिल्लामा संचालन भएका सहकारी हरेक वर्ग र समुदायस्तरमा पुगेको हुँद सबै नागरिकलाई सहज भएको बताए ।
कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संस्थाका केन्द्रीय सदस्य चण्डी प्रसाद शर्मा पौडेलले सहकारीले आर्थिक रुपमान्तरणको भूमिका खेलेको बताए ।
कार्यक्रममा संस्थाका सल्लाहकार तथा बागलुङ नगरपालिका–११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतम, सल्लाहकार दिपेन्द्र बहादुर थापा, भुमिश्वर शर्मा गौतम, बागलुङ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्य, रत्नेचौर महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुनिता महत बोगटी र निलगिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायण पौडेलले मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभाले निलगिरी सँगै बानपा १३ पैयुँपाटामा रहेको भैरव सामुदायिक सूचना तथा संस्था लिमिटेडसँग एकिकरण समेत गरेको छ ।
साधारण सभाको अवसरमा संस्थाका जेष्ठ शेयर सदस्य भुमिश्वर शर्मा, उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु, उत्कृष्ट बालबचत कर्ता र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।
साधारण सभाले सचिव मिनबहादुर केसीको प्रगती प्रतिवेदन, कोषाध्यक्ष कृष्ण पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समिति सदस्य परशुराम सुवेदीले प्रस्तुत गरेको लेखा सुपरिवेक्षण प्रतिवेदन सर्वसम्मत पास गरेको छ ।
संस्थामा हाल ११ सय ५१ जना शेयर सदस्य रहेका छन भने ३ करोड ६२ लाख रुपैयाँ शेयर पुँजी रहेको छ ।संस्थाले गत आवको २०७८,०७९ मा १ अरब ४१ करोड ३ लाख ५७ हजार ३६ रुपैयाँ बराबरको कारोबार गर्दै आएको छ ।
कार्यक्रम निलगिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायण पौडेलको अध्यक्षता भैरव सामुदायिक सूचना तथा संचार सहकारी संस्थाका अध्यक्ष रुद्रप्रसाद शर्माको स्वागत र संस्थाका सहसचिव नारायण रिजालको संचालनमा सम्पन्न भएको थियो ।






















































































































































































































