आत्महत्या गरेका बागलुङ नगरपालिका ५ मालिकाका टेक बहादुर विकको परिवारलाई आर्थिक सहयोग गरिएको छ । टेकबहादुर गत १३ कार्तिकमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि विचल्लीमा परेका उनका वृद्ध आमा बुबा र भाईवहिनिको सहयोगार्थ नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाको समन्वयमा मालिक समाज जापानका अध्यक्ष गुरु प्रसाद सापकोटाको सहयोगमा खाद्यान्न, लत्तकपडा, भाँडाकुँडा लगाएतका सामान हस्तान्त्रण गरिएको हो ।
केही गरो भन्ने उमेरमा घरका जेठा छोराले आत्महत्याको बाटो रोजेपछि ७७ वर्षिय हरिलाल विकको परिवार विचल्लीमा परेको छ । ७७ वर्षिय विक लामो समय देखी प्यारलाइसिस रोगबाट पिडित रहेका छन् । २१ वर्षिय छोराले वुढेसकालमा सहारा दिनुको साटो अत्महत्या गरेपनि उनका वृद्ध तथा अपाङग बुबा आमाको विचल्ली भएको छ ।
२१ वर्षिय विकले आत्महत्या गरेपछि उनको परिवार विचल्लीमा परेको खवर पाएपछि मालिक समाज जापानका अध्यक्ष सापकोटाले छोरी सितल सापकोटाको जन्मदिनका दिन गरिने अनावश्यक खर्च कटौती गरी विकको परिवारलाई सहयोग गरेका हुन् ।
सहयोग हस्तान्त्रणको अवसरमा बोल्दै सापकोटाले विकको काजक्रिया गर्न तथा वृद्ध आमा बुबा, ससाना भाईवहिनिको लालनपालनमा सहयोग पुर्याउने उदेश्यले सहयोग गरेको बताउनु भयो । कार्यक्रममा, नेपाल रेडक्रस सोसाइटी बागलुङका निवर्तमान उप कोषाध्यष जिवननाथ शर्मा,नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाका निवर्तमान सभापति रविप्रसाद शर्मा लगाएतले गरिविको कारण कसैले पनि मृत्युको बाटो रोज्न नहुने भन्दै समस्यामा परेका मानिसलाई सहयोग गर्नु मानविय दायिात्व भएको बताउनु भयो ।
कार्यक्रमम नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाका सभापति रेशम सापकोटाको अध्यक्षत र सचिव मात्रिका आचार्यको संचालनमा सम्पन्न भएको थियो । विकको परिवारको आर्थिक अवस्था नाजुक भएकाले सहयोगी दाताबाट संकलन गरेर आर्थिक सहयोग प्रदान गरिएको नेपाल रेडक्रश सोसाइटी मालिका उपशाखाले जनाएको छ । त्यस्तै मालिका समाज जापानका सचिव विष्णु सापकोटाले छोरा आविस्कार सापकोटाको जन्म दिनको अबसर नगद ५ हजार सहयोग गरेका छन् ।
























































































































































































































