धौलागिरी अञ्चलको पहिलो बिद्युतिय संचार माध्यम धौलागिरि एफ.एफ.को १८ औ बार्षिकोत्सव सम्पन्न भएको छ । एफएमले १९ बर्ष प्रवेशको अवसरमा बिभिन्न कार्यक्रम गरि आफ्नो १८ औ बार्षिकोत्सव मनाएको छ ।
१८ औ बार्षिकोत्सव समारोहमा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले ग्रामिण क्षेत्रका जनतालाई सुसुचित बनाउनका लागि एफ.एफ.ले अग्रणी भुमिका निर्वाह गरेको बताउनुभयो ।
संचार क्षेत्रको बिकास बिना अन्य क्षेत्रको बिकास असम्भव भएकाले देशको बिकास र सम्मृद्धिका लागि निष्पक्ष पत्रकारीता आजको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले संचार क्षेत्रमा काम गर्ने जो कोहिले सत्यता र निष्पक्षतालाई आधार मानेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष हिराबहादुर केसी, पत्रकार महासंघ बागलुङका कार्यवहाक अध्यक्ष नविन शिशिर बिक र एफएमका सहसम्पादक कोपिला कँडेलले मंतव्य व्यक्त गर्नु भएको थियो ।
बार्षिकोत्वसको अवसरमा आयोजित लोकनृत्य प्रतियोगिताबाट युएस एकेडेमी प्रथम भएको छ ।
१५ बिद्यालय सहभागी बिद्यालयबाट सिद्धार्थ शिक्षा सदन द्धितीय र प्रिसीयस एकेडेमी तृतीय भएका छन् । कार्यक्रममा नृत्य प्रतियोगता र मैत्रीपूर्ण फुटसल खेलका बिजेतालाई पुरस्कार बितरण गरिएको थियो ।सो अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा प्रस्तोता तथा प्राविधिक प्रमुख कृष्ण किसान संयोग, उत्कृष्ट स्रोतामा म्याग्दीका निलु पुन, उत्कृष्ट बिज्ञापनदाताको रुपमा हट एण्ड स्पाइसीलाई सम्मान गरिएको थियो । कार्यक्रम धौलागिरि एफ.एफ. प्रालिका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, स्टेशन प्रमुख उमाकान्त शर्माको स्वागत र सम्पादक ताराप्रसाद शर्मा र कृष्ण संयोगको संचालनमा सम्पन्न भएको थियो ।



















































































































































































































