७ जेष्ठ २०८१, सोमबार

 

चोलेन्द्रशमशेर आउन सक्ने भन्दै सर्वोच्च अदालतको मूलगेट बन्द

सर्वोच्च अदालतमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा फर्किन लागेको भनि सुरक्षा व्यवस्था कडा पारिएको छ । अप्रिय घटना नहोस् भनेरसुरक्षाकर्मीको तैनाथी बढाइएको छ भने सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रवेश गर्ने मूलगेटमा ताला लगाइएको छ ।

साथै सर्वोच्चभित्र र बाहिर उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।जबराले बुधबार संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमबाट महाअभियोग प्रस्ताव ‘निष्क्रिय भएको पत्र बुझेर आफू सर्वोच्च फर्किन लागेको जानकारी दिएका थिए ।

नेपाल बार एसोसियसनले उक्त घटनाको विरोध जनाएको छ भने कानुन व्यवसायीहरुले जबरालाई सर्वोच्च अदालत परिसरभित्र प्रवेश गर्न नदिने बताएका छन् ।

कानुन व्यवसायीहरु आज पनि धर्नामा बस्ने जनाएका छन् जस्ले गर्दा सर्वोच्च परिसरमा तनावको स्थिति उत्पन्न भएको छ ।नेपाल बारको भवन तर्फबाट सर्वोच्च अदालतभित्र पैदल हिँडेर जाने गेट भने खुला भए पनि त्यहाँ पनि सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्