१६ कार्तिक २०८३, आईतवार

 

राससका प्रधान सम्पादक पाठक पुरस्कृत

बागलुङ। पत्रकार हरिनारायण गौतम र पिम्ला गौतमद्वारा स्थापित ‘नन्दहरि सृजनशिल पत्रकारिता पुरस्कार–२०७८’ बाट राष्ट्रिय समाचार समिति (रासस)का प्रधानसम्पादक एकराज पाठक सम्मानित भएका छन् ।

शनिबार बागलुङमा आयोजित नेपाल पत्रकार महासंघ बागलुङ शाखाको १३ औं साधारणसभामा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभन्द्र शर्मा कँडेलले उनलाई पुरस्कार समर्पण गरेका हुन् ।

पुरस्कारको राशि रु पन्ध्र हजार छ ।विसं २०६६ सालमा पत्रकार हरिनारायण गौतमका आमा नन्द कलि गौतम र बुबा हरिलाल गौतमको नाममा स्थापित सो पुरस्कार राससकर्मी पाठकलाई प्रदान गरिएको पुरस्कारका संस्थापक हरि नारायण गौतमले जानकारी दिनु भयो ।

“पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप वरिष्ठ पत्रकार पाठकलाई सम्मानित गरिएको हो”, ‘नेपाल पत्रकार महासंघ बागलुङ शाखाका कार्यवाहक अध्यक्ष नविन शिशिर विकले भने । विसं २०३१ मा बागलुङमा जन्मेका पाठक विगत २५ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् ।

आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर तथा सोही विषय अध्यापनको अनुभवसमेत छ । पाठकका पत्रकारिता विषयका पुस्तक तथा प्राज्ञिक लेख,रचना प्रकाशित छन् ।विसं २०५६ मा समाचारदाताका रुपमा राससमा सेवा आरम्भ गरेका पाठक हाल प्रधानसम्पादकको जिम्मेवारीमा छन् ।

कार्यक्रममा टिका धन खोज पत्रकारिता पुरस्कारबाट पत्रकार राजेशचन्द्र राजभण्डारी,नन्द हरि सृजनशिल पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार चन्द्र गणेश पौडेल, नन्द हरि सृजनशिल पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार भाषा शर्मा, हरिलक्ष्मी नारायण प्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट स्तम्भकार सरोज राज पन्त, हरिलक्ष्मी नारायण प्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार राम थापा

अविरल, हरिलक्ष्मी नारायण प्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार सृजना पन्त र हरिलक्ष्मी नारायण प्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट स्तम्भकार संजन सिह पुरस्कृत भएका छन् ।सम्मानित व्यक्तित्वहरुको बारेमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सहसचिव तारानाथ आचार्यले जानकारी दिएका थिए ।

कार्यक्रममा नेपाल प्रेस युनियनको महासचिवमा निर्वाचित दिलिप पौडेल र बागलुङ नगरपालिका वडा नं ११ वडा अध्यक्ष ज्ञानेन्द्र गौतमलाईलाई सम्मान गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभन्द्र शर्मा कँडेल, जिल्ला समन्वय समिति बागलुङका प्रमु्ख अमर थापा, जैमिनी नगरपालिका नगर प्रमुख नरबहादुर पुन, राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक एकराज पाठक, नेपाल प्रेस युनियनको महासचिवमा दिलिप पौडेल,नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्वअध्यक्ष हरिनारायण गौतम, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सल्लाहकार मुकेशचन्द्र राजभण्डारी र पत्रकार भाषा शर्माले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङ शाखाका कार्यवाहक अध्यक्ष नविन शिशिर विकको अध्यक्षता, उपाध्यक्ष सरिता खत्रीको स्वागत र सचिव विजय रानाको संचालनमा सम्पन्न भएको थियो । १३ औं साधारणसभाको बन्द सत्रले कावा अध्यक्ष नविन शिशिर विकको प्रतिवेदन, सचिव विजय रानाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुवाश गौतमको आर्थिक प्रतिवेदनलाई आवश्यक संशोधनसहित पारित गरेको छ ।

 

तस्बिर : डम्मर बुढा मगर

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung