१६ कार्तिक २०८३, आईतवार

 

बागलुङमा सात पत्रकार र एक स्तम्भकार पुरस्कृत

नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले १३औँ साधारण सभाको अवसरमा सात पत्रकार र एक स्तम्भकारलाई पुरस्कृत गरेको छ । सञ्चार क्षेत्रमा पुर्‍याएको योगदानका कारण उनीहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा टिका धन खोज पत्रकारिता पुरस्कारबाट पत्रकार राजेशचन्द्र राजभण्डारी, नन्द हरि सृजनशिल पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार चन्द्र गणेश पौडेल, नन्द हरि सृजनशिल पत्रकारिता पुरस्कार २०७८ बाट राष्ट्रिय समाचार समिति राससका प्रधानसम्पादक एकराज पाठक, नन्द हरि सृजनशिल पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार भाषा शर्मा, हरिलक्ष्मी नारायण प्रसाद स्मृति पत्रकारिता

पुरस्कारबाट स्तम्भकार सरोज राज पन्त, हरिलक्ष्मी नारायण प्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार राम थापा अविरल, हरिलक्ष्मी नारायण प्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार सृजना पन्त र हरिलक्ष्मी नारायण प्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट स्तम्भकार संजन सिह पुरस्कृत भएका छन् ।

शनिबार बागलुङमा आयोजित नेपाल पत्रकार महासंघ बागलुङ शाखाको १३ औं साधारणसभामा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभन्द्र शर्मा कँडेलले सम्मानित सबैलाई सम्मानपत्र, दोसल्ला र नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।सम्मानित व्यक्तित्वहरुको बारेमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सहसचिव तारानाथ आचार्यले जानकारी दिएका थिए ।

कार्यक्रममा नेपाल प्रेस युनियनको महासचिवमा निर्वाचित दिलिप पौडेल र बागलुङ नगरपालिका वडा नं ११ वडा अध्यक्ष ज्ञानेन्द्र गौतमलाईलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभन्द्र शर्मा कँडेल, जिल्ला समन्वय समिति बागलुङका प्रमु्ख अमर थापा, जैमिनी नगरपालिका नगर प्रमुख नरबहादुर पुन, राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक एकराज पाठक, नेपाल प्रेस युनियनको महासचिवमा दिलिप पौडेल,नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्वअध्यक्ष हरिनारायण गौतम, नेपाल पत्रकार महासंघ

बागलुङ शाखाका सल्लाहकार मुकेशचन्द्र राजभण्डारी र पत्रकार भाषा शर्माले मन्तव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङ शाखाका कार्यवाहक अध्यक्ष नविन शिशिर विकको अध्यक्षता, उपाध्यक्ष सरिता खत्रीको स्वागत र सचिव विजय रानाको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung