१६ कार्तिक २०८३, आईतवार

 

टिका धन खोज पत्रकारिता पुरस्कारबाट पत्रकार राजभण्डारी पुरस्कृत

बागलुङ। पत्रकार मित्रलाल खरेल र सिता खरेलद्वारा स्थापित ‘टिका धन खोज खोज पत्रकारिता पुरस्कार–२०७९’ बाट पत्रकार राजेशचन्द्र राजभण्डारी सम्मानित भएका छन् ।

शनिबार बागलुङमा आयोजित नेपाल पत्रकार महासंघ बागलुङ शाखाको १३ औं साधारणसभामा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभन्द्र शर्मा कँडेल र टिका धन खोज खोज पत्रकारिता पुरस्कारका संरक्षक शान्ति खरेल बास्टोलाले उनलाई पुरस्कार समर्पण गरेका हुन् ।

पुरस्कारको राशि रु दश हजार छ ।विसं २०७७ सालमा पत्रकार मित्र खरेलका आमा धन कलि खरेल र बुबा टिकाराम खरेलको नाममा स्थापित सो पुरस्कार एभिन्युज संवाददाता राजभण्डारीलाई पहिलो पटक प्रदान गरिएको पुरस्कारका संस्थापक मित्र खरेलले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

“पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप अग्रज पत्रकार राजभण्डारीलाई सम्मानित गरिएको हो”,  नेपाल पत्रकार महासंघ बागलुङ शाखाका कार्यवाहक अध्यक्ष नविन शिशिर विकले भने ।

विसं २०२६ मा बागलुङ बजारको राधाकृष्ण टोलमा जन्मेका राजभण्डारी विगत ३५ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । राजभण्डारीले  नेपाल पत्रकार महासंघ बागलुङ शाखाका स्थापना गर्न नेतृत्व गरेका थिए । उनी नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पहिलो निर्वाचित अध्यक्ष पनि हुन ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung