१६ कार्तिक २०८३, आईतवार

 

कृष्णखोला मुहानमा निर्माण हुँदै गरेको पानी ट्याङी आवश्यक नभएको खानेपानी डिभिजन कार्यालय र ओडारचौर खानेपानी उपभोक्ता समितिबिच सहमति

बागलुङ / बागलुङ नगरपालिका–४ अन्तर्गत कृष्ण खोला खानेपानी मुहानमा पानी ट्याङी (इन्टेक) निर्माण भएपछि उपभोक्ताहरु विरोधमा उत्रीएका छन् । । बागलुङ नगरपालिका वडा नं ४ ओडारचौरका उपभोक्ताहरूले विसं २०३४

सालदेखि उपभोग गर्दै आएको खानेपानी मुहानमा बानपा ४ बगालथरका श्रीकृष्णेखोला राजाको मुल खानेपानी उपभोक्ता समितिले मुहानमा थप पानी ट्याङी (इन्टेक) निर्माण गरेपछि ओडारचौरका उपभोक्ताहरुले ट्याङी निर्माण (इन्टेक) कार्य तत्काल रोक्ने माग सहित आज खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङको कार्यालय घेराउ गरेको थियो ।

हामीले ४५ वर्षदेखि उपभोग गरिएको पानीको मुहानमा विना जानकारी पानी ट्याङी (इन्टेक) को काम बनेपछि हामी विरोध स्वरुप सडकमा आउनु परेको ओडारचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष द्रोर्णोचार्य शर्माले नयाँ विश्वलाई बताउनु भयो ।

खानेपानी तथा सरसफाई उपभोक्ता समिति बागलुङ नगरपालिका वडा नं ४ ओडारचौरले कृष्ण खोलाको मुहानमा निर्माण हुन लागेको पानी ट्याङकीले ओडारचौरका खानेपानीका उपभोक्ताहरूलाई गम्भीर असर पर्ने भर्दै सो ट्याङी (इन्टेक) निर्माण कार्य तत्काल रोक्ने माग सहित विरोधमा उर्तनु परेको उपभोक्ता तथा स्थानीय माधव शर्माले नयाँ विश्वलाई बताउनु भयो । ट्याङी निर्माण कार्य तत्काल रोक्ने मागसहित समितिले यसको जानकारी बागलुङ नगरपालिका कार्यालयलाई र बानपा ४ वडा कार्यालयलाई पनि दिएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बागलुङ र ओडारचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिबिच भएको सहमति अनुसार श्रीकृष्णेखोला राजाको मुल खानेपानी उपभोक्ता समितिले बागलुङ नगरपालिका–४ कृष्ण खोलाको मुहानको उत्तर तर्फ हाल निर्माण हुँदै गरेको पानी ट्याङी (इन्टेक) आवश्यक नभएको निष्कर्ष निकालेको छ ।पानी ट्याङी (इन्टेक) आवश्यकता नभएकोले उक्त

निर्माण कार्य स्थगन गरी ओडारचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निर्माण गरेको साविकको एउटै कलेक्सन च्याम्बर (आर्थिक वर्ष ०७८ / ०७९ मा ) मर्मत भइ उपभोग गरी रहेको बाट साविक बमोजिम खानेपानी उपभोक्तालाई वितरण गर्र्न उपयुक्त देखिएकोले सोही अनुसार गर्न श्रीकृष्णेखोला राजाको मुल खानेपानी उपभोक्ता समितिलाइ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पत्र पठाएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका ईन्जिनियर इश्वरी प्रसाद शर्माले श्रीकृष्णेखोला राजाको मुल खानेपानी उपभोक्ता समितिलाई हाल निर्माण हुँदै गरेको पानी ट्याङी आवश्यक नभएको र साविकको एउटै कलेक्सन च्याम्बरबाट साविक बमोजिम खानेपानी वितरण गर्न उपयुक्त भएकोले सोहि अनुसार गर्न गराउन पत्र लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung