१६ कार्तिक २०८३, आईतवार

 

मालिका सेवा समाजद्वारा जेष्ठ नागरिक सम्मान

बागलुङ । मालिका सेवा समाज बागलुङले जेष्ठ नागरिक सम्मान तथा पुर्ण अपांग सहयोग कार्यक्रम सम्पन्न गरेको छ ।समाजले पुस २१ गतेदेखि २३ गतेसम्म बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकाको घर घरमा पुगेर जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै जाडो ओड्ने न्यानो ब्ल्यांकेट प्रदान गरेको अध्यक्ष जीवन नाथ शर्माले कार्यक्रममा जानकारी गराएका थिए ।

पुरानो पुस्तालाई सम्मान गर्न सकेको खण्डमा भोलि नयाँ पुस्ताले यो राम्रो संस्कृतिलाई ब्यवहारमा उतार्ने कार्यक्रममा वक्ताहरूले धारणा राखेका थिए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष जब्बर बहादुर लामिछाने, समाजवेशी कृष्णराज शर्मा ,कानुनी सल्लाहकार गंगाधर सापकोटा ,शिक्षक भीम शर्मा लगायतका वक्ताहरूले मालिका सेवा समाजले सामाजिक र शैक्षिक क्षेत्रमा सकारात्मक योगदान दिएको बताउनु भयो ।

समाजले ४५ जना जेष्ठ नागरिकहरु र ६ जना अपांगता भएका व्यक्तिहरुलाई सम्मानपत्रबाट सम्मानित गरेको समाजका कोषाध्यक्ष प्रकाश केसीले बताउनु भयो । मालिका सेवा समाजका अध्यक्ष जीवन नाथ शर्माको सभापतित्वमा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक यम बहादुर कुवँरले र सचिव खडानन्द सापकोटाको संचालनमा सम्पन्न भएको थियोे ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung