१६ कार्तिक २०८३, आईतवार

 

पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका बागलुङ सिगानाका जिसीको थप उपचारको लागि पोखरा रेफर

बागलुङमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका पुरुषलाई थप उपचारको लागि पोखरा लगिएको छ । पेट्रोल छर्केर घाइते अवस्थामा रहेका बागलुङ नगरपालिका ८ सिगाना,ओख्रेनीका ५२ वर्षीय शेर बहादुर जिसीलाई धौलागिरी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि पोखराको गण्डकी मेडिकल कलेजमा रेफर गरिएको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत तेज प्रसाद न्युरेले नयाँ विश्वलाई बताउनु भयो ।

आज विहान करिव ११ः३० बजेको समयमा घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी गंगा बहादुर थापाले बताउनु भयो । पेट्रोल छर्केर घाइते अवस्थामा रहेका जिसीको धौलागिरी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि पोखरा पठाइएको हो ।

केही दिनअघि नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको घटनाले देशै भरि आत्मदाहाका घटना वढ्न थालेका छन् । आचार्यको मृत्युको घटना सेलाउन नपाउँदै पोखरामा आइतबार शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउन खोज्ने महिलाको मृत्यु भएको थियो ।

जलिरहेका ४३ वर्षीय कृष्ण क्षेत्रीलाई बचाउने प्रयास गरेकी क्षेत्रीकी घरधनीसमेत रहेकी संगीता सापकोटाको उपचारको क्रममा मृत्यु भएको थियो । घाइते क्षेत्रीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । डेरामा बस्दै आएका उनले बाथरुममा छिरेर पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung