१६ कार्तिक २०८३, आईतवार

 

लुप्राङका महिलाहरुलाई लियो क्लब अफ धौलागिरिद्वारा सेनिटरी प्याड वितरण

बागलुङ ।  लियो क्लब अफ धौलागिरि बागलुङले सोमबार एक कार्यक्रमका बिच सेनिटरी प्याड वितरण गरेको छ ।जलजला गाउँपालिका ८ नाग्लिबाङ, लुप्राङका महिलाहरुलाई सेनिटरी प्याड वितरन गरेको हो।अहिलेसम्म उक्त ठाउँमा कुनै पनि सस्था नगएको र अहिले लियो क्लब त्यहाँ स्वास्थ्य सामग्री सहित पुग्दा आफू अत्यन्तै खुसी भएको स्थानीय जिवन्धर रेग्मीले बताउनु भयो।

कार्यक्रममा महिला गाउँ विकास समितिकी उपाध्यक्ष अस्मिता रेग्मी चपार्इले लियो क्लबलाई सहयोगको लागि धन्यवाद दिएको थियो । कार्यक्रममा स्थानीय महिलाहरु र लियो क्लब अफ धौलागिरिका सदस्यहरुको सहभागिता रहेको थियो।

समाजका हरेक सजिला परिस्थितिहरुमा सबै हुने तर अफ्ठ्याराहरुमा कोहि नहुने हुँदा क्लबले यस्तै समुदायको बिचमा पुगेर यसरी नै रचनात्मक कार्य गरेर समाज सेवामा लाग्ने लियो क्लबका अफ धौलागिरिका अध्यक्ष प्रवेश पौडेलले बताउनु भयो ।

उक्त कार्यक्रमको संयोजन सुजन रेग्मीले गर्नु भएको थियो । लियो क्लब अफ धौलागिरि बागलुङको अध्यक्ष प्रवेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कार्यक्रम संयोजक सुजन रेग्मीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung