१६ कार्तिक २०८३, आईतवार

 

लालि गुराँस युवा क्लबको २२ औं वार्षिकोत्सव सम्मन्न

बागलुङ । लालि गुराँस युवा क्लबको २२ औं वार्षिकोत्सव सम्मन्न भएको छ ।शनिबार गलकोट नगरपालिका वडा नं १ दुदिलाभाटीमा सम्पन्न कार्यक्रमको समुद्घाटन गण्डकी प्रदेश सांसद कुसुम बुढाले गर्नु भएको थियो ।

गाउँको दिगो विकास र सामाजिक परिर्वतनमा स्थानीय क्लबहरुको महत्वपूर्ण भूमिका रहेको सांसद कुसुम बुढाले बताउनु भयो । कार्यक्रम लालि गुराँस युवा क्लबका अध्यक्ष बल विक्रम खत्री विष्णुको अध्यक्षता , स्वागत क्लबका संस्थापक अध्यक्ष तथा सल्लाहकार खड्क बहादुर भण्डारीले र संचालन सचिव सुशिला खत्रीले गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रियउद्योग व्यापार संगठन बागलुङकी महिला उद्यमी संयोजक ललिता थापा, नेकपा माओवादी केन्द्र गलकोट नगर समितिका अध्यक्ष चन्द्र दत्त रेग्मी, चौराहा माविका प्रधानाध्यापक नरबहादर थापा र अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेशको उपाध्यक्ष जिवन शर्माको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung