१६ कार्तिक २०८३, आईतवार

 

जन्मदिनको अवसरमा आश्रमलाई सहयोग

बागलुङ । पूर्वकर्मचारी वेद प्रसाद शर्माले आफनो जन्मदिनको अवसरमा मानव सेवा आश्रम खाद्यान्न सहयोग गरेका छन् ।आश्रितहरूको भोजनका लागि शर्मा परिवारले १० हजार रुपैयाँबराबरको सहयोग गरेको हो ।समाजसेवी शर्माले सहयोग उपलब्ध गराएको आश्रम सञ्चालिका विपना तामाङले नयाँ विश्वलाई बताइन् ।

सहयोग हस्तान्तरण कार्याक्रममा शर्माले जन्म दिनको उपलक्ष्यमा आश्रमलाई सहयोग गरेको र भविष्यमा पनि आश्रमको विकासमा आफूले सहकार्य गर्ने बताउनु भयो ।कार्यक्रममा एनएमबि बैंक बागलुङ शाखाका प्रबन्धक दिलिप शर्मा, नयाँ विश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारी, पूर्वकर्मचारी युवराज उपाध्याय, आश्रमका संचालक शिव खड्काले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रमको संचालन आश्रमकी सञ्चालिका विपना तामाङले गरेकी थिइन् ।

बागलुङका युवाको सक्रियतामा सञ्चालित आश्रम सहयोगकै भरमा चल्दै आएको छ ।आश्रममा जन्मदिन, वैवाहिक वर्षगाँठ, संघसंस्थाको स्थापना दिवस, परिवारका दिवंगत सदस्यको स्मृति तथा अन्य कार्यहरूमा आर्थिक तथा भौतिक सहयोग आउने गरेको छ ।

बागलुङ नगरपालिका–३ किनारा टोलमा रहेको आश्रममा ४९ जनाले आश्रय लिइरहेको आश्रमका संचालक निर्मल बहादुर श्रेष्ठले बताउनु भयो । मानवसेवा आश्रम बेसहारा नागरिकलाई खान र बस्नको व्यवस्था गर्दै आएको विशुद्ध सेवामूलक संस्था हो ।

बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीनको सहारा बन्दै आएको संस्थाले सडकआश्रित मानवमुक्त राष्ट्र बनाउनुलाई आफ्नो प्रतिबद्धता बनाएको छ ।अहिले आश्रमको बागलुङ नगरपालिका वडा नं ४ निरेघाटमा ५ रोपनी क्षेत्रफलमा आधुनिक भवन बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung