काठमाडौं । बागलुङ शाक्य खलः काठमाडौंको चौथो पारीवारिक भेला सम्मन्न भएको छ । खलको भेला म्हेपि मन्दिरको पिकनिक स्पोर्टमा भव्य रुपमा सम्पन्न भएको खल:का अध्यक्ष युक्त प्रसाद शाक्यले नयाँ विश्वलाई बताउनु भयो।
कार्यक्रमका प्रमुख अतिथि खलःका जेष्ठ नागरिक हरि गोपाल शाक्य, खलका प्रधान संरक्षक श्रवणलाल शाक्य , सल्लाहकारहरु भरत कुमार शाक्य, बालकुमार शाक्य,सुमन शाक्य,चित्रलाल शाक्य, हितमान शाक्य, महेन्द्र मान शाक्य, आजिवन सदयहरु प्रो डा कुमुदिनी शाक्य , अमृता थापा शाक्य, तातोपानि कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र मान शाक्य ,बागलुङ समाज कल्याण केन्द्र, काठमाडौंका कोषाध्यक्ष विक्रम शाक्य , ज्ञानोदय वुद्ध विहार, बागलुङका उपाध्यक्ष विनय शाक्यले मन्तव्य व्यक्त गरेका थिए ।




कार्यक्रममा खल : को संस्थागत विकासका लागि प्रमुख अतिथि हरिगोपाल शाक्यले २५ हजार, प्रेमलाल शाक्य, सूर्यलाल शाक्य, वैकुण्ठ लाल शाक्य, श्रवणलाल शाक्य, मान कुमारी शाक्य र चेमेली शाक्यले बनाउनु भएको मोती ईन्द्र ट्रस अक्षय कोषबाट ५० हजार, ओमलाल बालकुमारी स्मृति कोषमा छोरा सुनिल सन शाक्यले ५० हजार, सुरेन्द्रमान स्मृति कोषमा उहाँकी धर्मपत्नि रन्जना बौध्दाचार्यले २५ हजार, आजिवन सदस्य अनन्त छन्त्यालले १० हजार र बुबा भक्तिलाल शाक्यको पुण्यतिथिमा देवेन्द्र शाक्य र डा भुपेन्द्र शाक्यले १० हजार प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा चन्दा दाताहरु र पाँच जना आजिवन सदस्यहरुलाई सम्मान गरिएको थियो ।यसै गरी कार्यक्रममा तातोपानि कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्य, वीर अस्पतालका प्याथोलोजि विभागका अधिकृत सृति शाक्य, डा, भुपेन्द्र शाक्य र पूर्वराष्ट्रपती विद्यादेवी भण्डारीको फोटो खिचेर राष्ट्रपतिको सचिवालयबाट धन्यबाद पत्र प्राप्त गर्नु भएका फोटो ग्राफर कविन्द्रमान शाक्यलाई पनि खलःको तर्फबाट मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रम बागलुङ शाक्य खलः काठमाडौंका अध्यक्ष युक्त प्रसाद शाक्यको अध्यक्षता, उपाध्यक्ष शैलेन्द्र शाक्यको स्वागत र सचिव कविन्द्र मान शाक्यको संचालनमा सम्पन्न भएको थियो ।





















































































































































































































