१६ कार्तिक २०८३, आईतवार

 

लियो क्लब अफ बागलुङ कालिगण्डकीद्वारा आश्रमका आमाहरुलाई खाद्यान्न सहयोग

बागलुङ । चैत्र दशैं मेलाको उपलक्ष्यमा लियो क्लब अफ बागलुङ कालिगण्डकीले निरेघाटको रामानुज आश्रमका आमाहरुलाई खाद्यान्न सहयोग गरेको छ । बुधवार बागलुङ नगरपालिका वडा नं ४ निरेघाटमामा रहेको आश्रितहरूको भोजनका लागि क्लबले ६ हजार रुपैयाँबराबरको खाद्यान्न र फलफुल सहयोग गरेको क्लबका अध्यक्ष सुगम खड्काले नयाँ विश्वलाई बताउनु भयो ।

महिलाहरुबाट सञ्चालित आश्रम सहयोगकै भरमा चल्दै आएको छ ।आश्रममा जन्मदिन, वैवाहिक वर्षगाँठ, संघसंस्थाको स्थापना दिवस, परिवारका दिवंगत सदस्यको स्मृति तथा अन्य कार्यहरूमा आर्थिक तथा भौतिक सहयोग आउनेगरेको छ ।

क्लबका सदस्यहरुले आजै निरेघाटमा सरसफाइ पनि गरेको छ । दाहसंस्कार गर्ने ठाउँदेखि वरपर लामो समयदेखि सरसफाइ नहुँदा वातावरण प्रदूषित भएको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ बाग्लुङ कालिगण्डकीका अध्यक्ष नारायण प्रसाद आचार्य, सचिव लखन थापा, लियो क्लब अफ बागलुङ कालिगण्डकी अध्यक्ष सुगम खड्का, प्रथम उपाध्यक्ष केशव सापकोटा, द्धितिय उपाध्यक्ष सिद्धान्त आचार्य, तृतीय उपाध्यक्ष राजन पाईजा, सहसचिव अमन ओजा, पीआरओ नेतिश थापा र सदस्य निशान केसीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम लियो क्लब अफ बागलुङ कालिगण्डकी अध्यक्ष सुगम खड्काको अध्यक्षता र सचिव प्रसान्त सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung