३१ बैशाख २०८१, सोमबार

 

बागलुङमा विद्युतीय राहदानी आवेदन बिहान १० बजेबाटै खुल्ने

जिल्ला प्रशासन कार्यलय बागलुङले विद्युतिय राहदानी आवेदनका लागि अप्वाईन्टमेन्ट डेट को बुकिङ विहान १० बजेबाटनै खुल्ला गर्न थालेको छ । यस अघि प्रशासनले आफ्नो अनुकूलतामा दिउँसो १ बजेबाट राहदानीको लागि फारम खुलाउदा सेवाग्राही थप समस्यामा परेको भन्दै बिहानमानै खुल्ला गर्न थालेको हो ।

हालै बागलुङमा सरुवा भएका आएका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालकोे सक्रियातामा गत आइतबारबाट हरेक दिन विहान १० वजे राहदानीको लागि फारम खोल्ने व्यवस्था मिलाइएको छ । दिउँसोमा खुलाउदा सेवाग्राही थप समस्यामा परेको देखेर सार्वजनिक बिदाको दिन बाहेक प्रतेक दिन बिहान १० बजेनै खोल्ने व्यवस्था मिलाएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनु भयो । यस अघि एक सातामा ४० जनाको मात्र फर्म खोल्ने गरेकोमा आईतबारबाट दैनिक १ सय फारम भर्न मिल्ने व्यवस्था मिलाएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनु भयो ।

कर्मचारी कम भएको कारण सेवाग्राहीलार्ई छिटो सेवा दिन केही समस्या भएको भएपनि बिहान चाडै र साझ अवेर सम्म रहेर भएपनि सेवालाई जतिसक्दो चाँडो र सर्वसुलभ बनाउने प्रयत्न गरिएको बताउनु भयो । राहदानी विभागले दैनिक रुपमा ६ हजार राहदानी छाप्छ । छापिएका राहदानीहरु विभागबाट १७ सयको हारहारीमा वितरण हुन्छ भने बाँकी ७७ जिल्ला, १७ इलाका प्रशासन कार्यालयहरू र नेपालको विदेशमा रहेका ३८ कूटनीतिक नियोगहरुबाट वितरण हुन्छ ।

‘दैनिक फारम भर्न नपाउनेहरु धेरै हुन्छन्, फारम भर्ने ट्राफिक हेर्दा दैनिक करिब ७ हजार बढी सेवाग्राहीले फारम भर्न खोजेको देखिन्छ । यसले गर्दा जिल्लामा फारम भर्न समस्या हुने गरेको छ । प्राय जिल्ला र इलाका प्रशासन कार्यालयहरुले विहानै बुकिङको लागि खोल्ने भएको कारण बेबसाइटको पेज खुल्न गाह्रो भएको उल्लेख गर्दै जिल्ला प्रशासनले आफ्नोबाट दिउसो १ बजे बुकिङ खोल्ने गरेको थियो ।

केही महिना अघि सम्म फारम भर्ने सवालमा पहिले फारम भरेपछि अन्त्यमा मिति लिने र बुक गरेर काम पनि पाइने हुदा साइबरहरुले डर्मी फर्म भरेर पहिले नै फारम रोक्ने गरेकाका कारण सर्वसाधारण समस्यामा पर्ने गरेका थिए । सुरुआतमै साइबरहरुले डर्मी फर्म भरेर पहिलेनै बुक गर्दा सर्वसाधारण समस्यामा परेको गुनासो व्यापक भएपछि विभागले फारम बुक गर्न नपाइने व्यवस्था गरेको थियो । त्यसपछि साइबरहरुले डर्मी खडा गरेर कृतिम समस्या सिर्जना गर्ने बाटो सकिएको भएपनि माग बढी र उत्पादन कम हुने भएको कारणले गर्दा सेवाग्राहीहरुको समय भने पूर्ण रुपमा समाधान हुन सकेन ।

दैनिक रुपमा माग बढी भएपछि विद्युतीय राहदानी फारम भर्न निकै कठिन हुने गरेको छ । राहदानीको फारम भर्न हरेक दिन समय लिनुपर्ने हुन्छ । सर्वसाधरणले आफ्नै जिल्लाबाट ५ हजार रुपैंयामा सहज बनाउन सक्ने राहदानी दोब्बर रकम खर्च गरेर काठमाडौंमा पुगेर बनाउनु पर्ने बाध्यता पनि रहेको छ । राहदानी लिने सेवाग्राहीहरुले जिल्लाबाट आवेदन भरेर सेवा लिन सक्ने व्यवस्था छ ।

विभागको अनुसार १५–२१ दिनभित्र जिल्लाहरुमा राहदानी पुर्‍याउने व्यवस्था छ । ‘केही पहाडी जिल्लाहरूमा भने २५–३० दिन लाग्ने गरेको छ । जिल्लाबाटै राहदानी दिन सहज हुने भए पनि परराष्ट्र मन्त्रालय अन्तरगतको राहदानी विभाग र गृह मन्त्रालय अन्तरगतको जिल्ला प्रशासन कार्यलयहरु बीचको समन्वय नहुँदा सेवाग्राहीहरुले दुःख पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्