२५ बैशाख २०८१, मंगलवार

 

युएस एकेडेमीकी शिवानी राना र प्रकृति केसीले जित्यो १३ औं राष्ट्रपति रनिङ शिल्ड छात्रा कबड्डी प्रतियोगिता

बागलुङ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा भएको १३ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुदमा युएस एकडेमीकी छात्राहरु शिवानी राना र प्रकृति केसी कबड्डि प्रतियोगितमाा प्रथम भएकी छिन् ।

कक्षा १० मा अध्ययरत छात्राहरु राना र केसी गण्डकी प्रदेशको पोखरामा भएको कबड्डि प्रतियोगितमाा प्रथम भएको विद्यालयका प्रबन्ध निर्देशक दल थापाले नयाँ विश्वलाई बताउनु भयो ।विजयी खेलाडीले नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गरेका थिए ।

बागलुङ नगर स्तरीय पाँचौं राष्ट्रपति रनिङ सिल्ड खेल प्रतियोगिताको कबड्डीमा पनि छात्रातर्फको उपाधि युएस एकेडेमीकी छात्राहरु शिवानी राना र प्रकृति केसी विजयी भएकी थिइन् ।

बागलुङ नगर स्तरीय पाँचौं राष्ट्रपति रनिङ सिल्ड खेल प्रतियोगिताबाट छात्राहरु राना र केसी छनौट भएर १३ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भाग लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्