बागलुङ ।प्रेस सेन्टर नेपाल जिल्ला समिति बागलुङले स्थापना गरेको श्याम-चन्द्रकली स्मृति पत्रकारिता पुरस्कार- २०७९ बाट ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहरालाई प्रदान गरिएको छ ।
शनिबार प्रेस सेन्टर बागलुङले आफ्नो १५ औँ वार्षिक साधारणसभाको अवसरमा सो पुरस्कार प्रदान गरिएको हो ।


२०५८ सालदेखि पत्रकारितामा क्रियाशिल बोहरालाई प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेल र प्रेस सेन्टर नेपाल जिल्ला समिति बागलुङका अध्यक्ष थम्मन थापाले दोसल्ला, कदरपत्र र नगदसहित सम्मान गर्नु भएको थियो ।
बोहरालाई १० हजार रुपैयाँराशिको पुरस्कार प्रदान गरिएको हो ।
गलकोट नगरपालिका वडा नं ७ मल्मका विकास खड्का सुन्दरले आफना बुबा श्याम बहादुर खड्का र आमा चन्द्रकली खड्काको स्मृतिमा उक्त पुरस्कार स्थापना गर्नु भएको हो । खड्का नेकपा माओवादी केन्द्र जिल्ला समिति बागलुङका पूर्वसदस्य हुन् ।



















































































































































































































