बागलुङ । रिजन २१ अन्तर्गत बागलुङ बजारमा लायन्स क्लबहरुको रिजन कनफ्रेन्स आयोजना गरिएको छ ।
आइतबार लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ के नेपाल बागलुङ क्षेत्र रिजन २१ अन्तर्गत जोन ४२ र ४३ अन्तर्गत ११ वटा क्लबहरुको संयुक्त आयोजनामा रिजन कनफ्रेन्स आयोजना गरिएको थियो ।
कार्यक्रमा प्रमुख अथिति साइत फर्स चिप धौलागिरि एरिया काजिमान गुरुङ, एसिसटेन्ट चिप एडभाइजर दुर्गा कुँवर, डिपार्टमेन्ट चिफ पार्वती अधिकारी, डिपुटि डिपार्टमेन्ट चिफ कविता बस्नेत र डिपुटि डिपार्टमेन्ट चिफ युक्त प्रसाद सुवेदीले मन्तव्य व्यक्त गरेका थिए ।





कार्यक्रममा ध्वजाको अभिवादन डिपार्टमेन्ट अफिसर सविता आचार्यले गरेकी थिइन् ।रिजन चियर पर्सन ताल बहादुर कुँवरले सबै क्लबका अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव,जोन चियर पर्सनका साथै डिष्ट्रिकका लिडरहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।
कार्यक्रम रिजन चियर पर्सन ताल बहादुर कुँवरको अध्यक्षता, एडिसनल ट्रेजर राजु गौतमको स्वागत र संचालन जोन चियर पर्सन केशव प्रसाद सापकोटाले गरेका थिए ।



















































































































































































































