२३ बैशाख २०८१, आईतवार

 

नेपाल प्रेस युनियन बागलुङको अध्यक्षमा संगम घर्ती मगर

बागलुङ । नेपाल प्रेस युनियन बागलुङ शाखाको अध्यक्षमा संगम घर्ती मगर सर्वसम्मत चयन भएका छन् ।

शनिबार बागलुङ बजारमा भएको प्रेस युनियन बागलुङको २३ औं वार्षिक साधारणसभा र ८ औं जिल्ला अधिवेशनले घर्ती मगरको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा सृुवाष आचार्य, उषा पौडेल, सचिवमा डम्मर बुढा, कोषाध्यक्षमा छविलाल पाण्डे, सहसचिवमा नवराज नेपाली चयन भएका छन् । यसै गरि सदस्यहरुमा राम शरण पोखरेल, मन्जुल शाक्य, भरत सापकोटा, कृष्ण समिर, जित बहादुर क्षेत्री, राजु शर्मा, लिला श्रीस, सुरेश छन्त्याल र चक्रवीर थापा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्