१५ कार्तिक २०८३, शनिबार

 

बागलुङमा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो (फोटो फिचर)

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस बागलुङमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले आयोजना र जिल्ला प्रहरी कार्यलय तथा विभिन्न संघ सस्थाको साझेदारीमा लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस सप्ताहव्यापी कार्यक्रम गरि मनाइएको हो ।

दिवसको अवसरमा सोमबार बागलुङमा प्रभावफेरी कार्यक्रम गरि समापन गरिएको थियो । समिटचोकबाट सुरु भएको ¥याली लोकतान्त्रिक चोक, जिप पार्क, शिव धारा चोक, लालिगुराँस चोक, जिल्ला प्रशासन कार्यलय, पेन्सन क्याम्प हुदै चिप्लेलि बस पार्कमा पुगेर समापन भएको थियो । ¥यालीमा सुरक्षा निकाका, विद्यार्थी एवम् सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा लागूऔषध सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट, सहितको प्रभातफेरि ¥याली गरिएको थियो ।

सो अवसरमा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले देशको मेरुदण्डको रुपमा रहेका युवा कुलतमा फस्नु दुभाग्यपूर्ण रहेको बताउँदै लागूपर्दाथ प्रयोग कर्तालाई पुनस्थापन गरी आयआर्जनका क्षेत्रमा लगाउन आग्रह गर्नु भयो ।

आर्थिक अवस्था र समय व्यस्तताका कारण आफ्नो बालबालिकालाई ध्यान दिन नसक्दा बालबालिकाहरु दुर्व्यसनमा लाग्ने गरेकोलेदुर्व्यसनमाबाट जोगाउन आफ्ना बालबालिकाको रेखदेखमा जोड आग्रह गर्नु भयो । लागूऔषधको अवैध उत्पादन, ओसारपसार, विक्री वितरण, संचय, प्रयोग र दुरुपयोगलाई विश्वव्यापी चुनौतीका माझ समयमै रोकथाम र नियन्त्रणका लागि सबैलाई हातेमालो गर्न आवश्यक रहेको बताउनु भयो ।

साथै उनले सीमित स्रोतका बावजुद लागू औषध नियन्त्रण सरकारले काम गरिरहेको बताउनु भयो । कार्यक्रममा सिद्धार्थ शिक्षा सदनका विद्यार्थीले लागूऔषध दुर्व्यसन सम्वन्धी सडक नाटक प्रस्तुत गरेका थिए ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी श्रेष्ठको अध्यक्षता सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको स्वागत र प्रशासकिय अधिकृत दिनेश शर्माको संचालनमा सम्पन्न भउको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung