४ जेष्ठ २०८१, शुक्रबार

 

नागरिक संचार प्रालिको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

बागलुङ । नयाँ विश्व अनलाइन संचालन गर्दै आएको नागरिक संचार प्रालिको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा बोल्ने वक्ताहरुले जिम्मेवार र विश्वसनीय पत्रकारितामार्फत आम नागरिकलाई सुसुचित गराउनु पर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय सत्य तत्थ्य भन्दा पनि चाकडी र प्रचारात्मक साम्रगी समाचारको विषयवस्तु बन्ने गरेको भन्दै पत्रकारिताको मर्म र आचारसंहिताको पूर्ण पालनाप्रति सजग रहेर तथ्य परक खोलमुलक समाचार प्रकाशन गर्न आग्रह गरेका छन् ।
प्रविधिको विकाससँगै पछिल्ला दिनहरुमा अनलाइन सञ्चार माध्यमहरुले फड्को मारेको भन्दै छिटो छरितो समाचार दिने वहानामा गलत सूचना दिनवाट वच्न जरुरी रहेको बताए ।

डिजिटल सञ्चार माध्यमको भीडमा नयाँ विश्व अनलाइनले पाठक प्रति जवाफदेहि भएर अलग पहिचान बनाउनमा सफल भएको भन्दै आम पाठकमाझ सूचना संप्रेषणमा नयाँ आयाम थपिएकोमा खुःशी व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अथिति सत्य साई केन्द्र बागलुङका अध्यक्ष चयन देवी श्रेष्ठले नयाँ विश्व प्रकाशन गरेको सस्था नागरिक संचार प्रालिले सर्वसाधरण जनता प्रति उत्तरदायी र भरोसा योग्य सस्थाको रुपमा आफूलाई विकास गर्न निरन्तर रुपमा सत्य र तथ्यको जगमा आफूलाई पूर्ण संस्कार र सुधार गर्दै जानु पर्ने बताउनु भयो ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष विदेश कुमार श्रेष्ठ, नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य मनकाजी विश्वकर्मा लगाएतले शुभकमाना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नागरिक संचार प्रालिका संचालनक तथा नयाँ विश्वका प्रधान सम्पादक निर्मलबहादुर श्रेष्ठले आर्थिक प्रतिवेदन र मुकेशचन्द्र राजभण्डारीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रम नागरिक संचार प्रालिका अध्यक्ष माधव शर्माको अध्यक्षता, संचालक तथा नयाँ विश्व बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष सुवासचन्द्र राजभण्डारीको स्वागत र संचालक तथा सम्पादक मुकेशचन्द्र राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो । प्रालिले संचालन गरेको नयाँ विश्व अनलाइनलाई थप व्यवस्थित गर्ने तयारी गरेको सम्पादक राजभण्डारीले बताउनु भयो ।

बागलुङमा भिडियो अन्तरवार्ता कक्ष तयार भएकोले केही दिनमै संचालन गर्ने, भिडियो सहितको समाचार राख्ने तथा काठमाण्डौंको कार्यालयलाई थप व्यवस्थित गर्ने तयारी गरेको बताउनु भयो ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्