४ जेष्ठ २०८१, शुक्रबार

 

रोटरी क्लब अफ बागलुङको १८ औं पदस्थापन सम्पन्न, अध्यक्षमा दिपेन्द्रबहादुर घिमिरे

बागलुङ । समाजिक कार्यमा सक्रिय रोटरी क्लव अफ बागलुङको १८ औ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।स्वार्थ भन्दा माथि सेवा भन्ने भावका साथ विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको रोटरी क्लव अफ बागलुङको १८ औ पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा रोटरी वर्ष २०२२-०२३ का अध्यक्ष नारायण शर्मा पौडेलले वर्ष २०२३-२४ का अध्यक्ष दिपेन्द्र बहादुर घिमिरेलाई पदभार हस्तान्तरण गर्नु भएको थियो । पदस्थापन कार्यक्रमको उद्घाटन रोटरी डिष्ट्रिकका डिष्ट्रिक गर्भनर नोमिनी विनोद कोइरालाले गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै डिष्ट्रिक गर्भनर नोमिनी कोइरालाले रोटरी अन्तराष्ट्रिय संस्था भएपनि हरेक नेपालीको मन मस्तिस्कमा पुगेको बताउनु भयो । सामाजिक कार्यका साथै समाजमा रहेका विपन्नहरुको दुख सुखमा साथ दिनुले रोटरीको गरिमा उचो बन्दै गएको उहाँको भनाई थियो ।

पदभार ग्रहणपछि बोल्दै रोटरी वर्ष २०२३-२४ का अध्यक्ष दिपेन्द्रबहादुर घिमिरे रोटरी क्लवलाई आम मानिसको सहयोगी संस्थाको रुपमा परिचित बनाउनका लागि सवैसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा रोटरी क्ल्वले प्रत्येक वर्ष प्रदान गर्ने रोटरी भोकेसनल अवार्डबाट बानपा १ रामरेखामा संचालित ऋषिका नर्सरीका भुवन बोहोरालाई सम्मान गरिएको थियो भने जेएसआर अवार्डबाट सम्मानका लागि पूर्वअध्यक्ष बालकृष्ण शर्मालाई सिफारिस गरिएको थियो ।

कार्यक्रममा जोन २१ का असिसटेन्ट गर्भनर जयराम पौडेल, रोटरी क्लव अफ पोखरा मिटटाउनका अध्यक्ष सोनी ध्वाचु, ऋषिका नर्सरीका भुवन बोहोरा, निर्वतमान अध्यक्ष नारायण शर्मा पौडेलले मंतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम रोटरी वर्ष २०२३-२४ का अध्यक्ष दिपेन्द्रबहादुर घिमिरेको अध्यक्षता, आगामि अध्यक्ष रामकृष्ण शर्माको स्वागत, उपाध्यक्ष पुनमप्रसाद शर्माको धन्यवाद मन्तव्य र सचिव अनिता घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्