४ जेष्ठ २०८१, शुक्रबार

 

लायन्स क्लव अफ बागलुङ कालिगण्डकीको आयोजनामा रक्तदान

बागलुङ । लायन्स क्लव अफ बागलुङ कालिगण्डकीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी बागलुङले संचालन गरेको रक्त संचार केन्द्र बागलुङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा लायन्स क्लवका पदाधिकारी तथा सदस्यहरुले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी बागलुङका सभापति जगन्नाथ आचार्यले रगत दान गरेर कसैको जिवन बचाउने कुरा सवै भन्दा महत्वपुर्ण भएको बताउनु भयो ।

रगत दानभन्दा ठूलो अरू दान हुन नसक्ने भन्दै उहाँले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको बताउनु भयो । रक्तदान जस्तो पुण्य कार्य गरेकोमा सबैलाई धन्यवाद दिदै रक्तदान सानो जस्तो देखिता पनि महान कार्य भएको र यस्तै मानविय कार्य गर्दै जानको लागि अनुरोध गर्नु भयो ।

कार्यक्रममा जिएमए चिफ दुर्गा कुँवर लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम लायन्स क्लव अफ बागलुङ कालिगण्डकीका अध्यक्ष शेखर खड्काको अध्यक्षता र सचिव संजय श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो । क्लवले सामाजिक र मानविय क्षेत्रमा विभिन्न काम गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्