४ जेष्ठ २०८१, शुक्रबार

 

बागलुङ समाज कल्याण केन्द्र काठमाडौंले ४२ औं स्थापना दिवस मनायो

काठमाडौं । बागलुङ समाज कल्याण केन्द्र काठमाडौंले आफनो ४२ औं स्थापना दिवस मनाएको छ । मंगलबार बागलुङ समाजले समितिका पदाधिकारी, सदस्य र साधारण सदस्यहरुबिच शुभकामना आदान प्रदान गरेर स्थापना दिवस मनाएको समाजका सचिव किस्मत मणि श्रेष्ठले नयाँ विश्वलाई बताउनु भयो ।

स्थापना दिवसको उपलक्ष्यमा संस्थापक अध्यक्ष अध्यक्ष डा राम कुमार श्रेष्ठ, ईश्वर कुमार श्रेष्ठ, पूर्वअध्यक्ष सुमन शाक्य, गणेश कुमार श्रेष्ठ, पुष्पमान श्रेष्ठ, शत्रुध्न श्रेठ, श्रवण लाल शाक्य,विरात कुमार श्रेष्ठलाई दोसल्ला र खादाले सम्मान गरिएको थियो ।पूर्वअध्यक्ष ईश्वर कुमार श्रेष्ठको सम्मान उहाँको भाई राम विन्दु श्रेष्ठले ग्रहण गर्नु भएको थियो ।

कार्यक्रममा जेष्ठ नागरिकहरुलाई देखा पर्ने स्वास्थ्य समस्याहरु, त्यसबाट बच्ने उपाय र निराकरणको बारेमा डा सागर राजभण्डारीले जानकारी दिनु भएको थियो ।

यस विषयमा जेष्ठ नागरिकहरुले डा सागर राजभण्डारीसँग विभिन्न जिज्ञासा राखेका थिए । डा सागर राजभण्डारीको परिचय सचिव किस्मत मणि श्रेष्ठले दिनु भएको थियो । कार्यक्रमा डा सागर राजभण्डारीलाई पनि कदरपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका संस्थापक अध्यक्ष डा राम कुमार श्रेष्ठ, पूर्वअध्यक्ष सुमन शाक्य, गणेश कुमार श्रेष्ठ, शत्रुध्न श्रेठ, सदस्यहरु छविलाल खड्का, महेशचन्द्र प्रधान, भरत कुमार श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ, बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठ, आजिवन सदस्य तथा रोटरी क्लव अफ त्रिपुरेश्वरका पूर्वअध्यक्ष भरत कुमार श्रेष्ठ र बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी अध्यक्ष विजया राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष डा स्वंय प्रकाश श्रेष्ठको स्वागत र सचिव किस्मत मणि श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्