६ जेष्ठ २०८१, आईतवार

 

काठमाडौंमा चलचित्र ‘महानगर’ को प्रीमियर शो

नेपाली कथानक चलचित्र ‘महानगर’को काठमाडौंमा प्रीमियर शो सम्पन्न भएको छ। शुक्रबार काठमाडौंको जमलस्थित विश्वज्योती सिनेप्लेक्समा आयोजित प्रीमियर शोमा फिल्मका निर्माता, निर्देशक, कलाकार, फिल्म समिक्षक, विभिन्न संघसंस्था तथा मिडियाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

फिल्मले सपना बोकेर सहर पस्ने युवाको सपना, संघर्ष र भोगाइलाई पर्दामा उतारेको छ। मानिसले आफ्नो जीवन र संघर्ष प्रती हेर्ने दृष्टिकोणले कसरी उसमा आशा वा निराशा भर्न सक्छ भन्ने विषयलाई फिल्मले कलात्मक रुपले प्रस्तुत गरेको छ। मोहन राईको निर्देशन रहेको फिल्ममा कार्म र मेनुका प्रधानको मुख्य भूमिका र अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डेलगायत कलाकारको अभिनय रेहेको छ।

माउन्टेन रिभर फिल्मस तथा गो विन प्रोडक्सन्स सँगको सहकार्यमा मिडल वे फिल्मसले निर्माण गरेको फिल्म आजदेखी पर्दशनीमा आउँदै छ।

प्रतिक्रिया दिनुहोस्