बागलुङ । बागलुङको एक श्रेष्ठ परिवारले आफ्ना बुबाको सम्झनामा मानव सेवा आश्रम बागलुङलाई भोजनको लागि आर्थिक सहयोग गरेका छन् । बागलुङ नगरपालिका २ स्थाई घर भई हाल काठमाडौं कुलेश्वर निवासी सानुमाया श्रेष्ठको परिवारले आफना श्रीमान धनकाजी श्रेष्ठको पुण्य तिथिमा आश्रमलाई आर्थिक सहयोग गरेका हुन् ।
सानुमाया श्रेष्ठको छोराहरू आरजु श्रेष्ठ र आसिष श्रेष्ठ, बुहारीहरू सपना श्रेष्ठ र सरस्वती श्रेष्ठले आश्रमलाई एक छाक भोजन सेवाको लागि नगद दश हजार सहयोग गर्नु भएको हो । यसैगरी छोरी सुनिता श्रेष्ठद्वारा थप पाँच हजार र अनिता केसीद्वारा नगद दुई हजार पाँच सय पाँच रुपैयाँ सहयोग गर्नु भएको मानव सेवा आश्रमकी संचालिका विपना तामाङले जनाएको हो।कार्यक्रममा सत्य साइ केन्द्र बागलुङकी अध्यक्ष चयन देवी श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
बागलुङलाई सडक मानवमुक्त बनाउने अभियानमा लागिपरेको आश्रम विभिन्न सहयोग, चन्दा र दानबाट सञ्चालन हुँदै आएको छ ।





















































































































































































































