२० बैशाख २०८१, बिहीबार

 

बागलुङमा जेसीज सप्ताह सुरु, प्रतिक्षा गौतम र टेकनारायण कँडेल सम्मानित

बागलुङ । युवाहरुको नेतृत्व र क्षमता विकासमा सक्रिय बागलुङ जेसीजले जेसीज सप्ताह २०२३ विभिन्न कार्यक्रमका साथ शुरु गरेको छ । ७ दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन सुरु गरिएको सप्ताहको पहिलो दिन उद्घाटन तथा युवा सम्मान कार्यक्रम गरिएको छ ।

सप्ताहको उद्घाटन बागलुङ नगरपालिकाका नगर प्रमुख एवँ बागलुङ जेसीजका पूर्वअध्यक्ष बसन्तकुमार श्रेष्ठले गर्नु भएको थियो ।कार्यक्रममा समाज रहेर विभिन्न क्षेत्र मार्फत उत्कृष्टता तथा सफलता हासिल गर्ने २ जना युवालाई सम्मान गरिएको थियो ।

त्रिभुवन विश्व विद्यालय अन्तरगत धौलागिरि बहुमुखी क्याम्पसबाट बिविए सातौ सेमेष्टरमा चार जिपिए ल्याउने प्रतिक्षा गौतम र बिहुँकोट इन्टरनेटका संचालक टेकनारायण कँडेललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख एव बागलुङ जेसीजका पूर्वअध्यक्ष बसन्तकुमार श्रेष्ठले हरेक क्षेत्रलाई सफल बनाउका लागि चिन्तन र जिम्मेवारीको भावना आवश्यक रहेको बताउनुभयो । चिन्ता भयो भने मात्र काम सफल हुने चर्चा गर्दै उहाँले युवाहरुमा सकरात्मक सोचको आवश्यकता खड्किदै गएको बताउनुभयो ।

आफू आज यहाँसम्म आएकोमा बागलुङ जेसीजको ठूलो भूमिका भएको भन्नु हुँदै सफल नेताको रुपमा आफूलाई विकास गर्नको लागि जोखिम मोलेर काम गर्न सक्नु पर्ने बताउनु भयो ।समाज नकरात्मक रुपबाट अगाडि बढेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले युवाहरु सकरात्मक सोचका साथ अगाडि बढ्न सकेमा मात्र समाज र देशले परिवर्तनको अनुभुति गर्र्ने बताउनुभयो ।

कार्यक्रममा बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्याम प्रसाद श्रेष्ठ, नेपाल जेसीज क्षेत्र ख निरुपित कार्यकारिणी राष्ट्रिय उपाध्यक्ष रजनी थापा, राष्ट्रिय उपाध्यक्ष चन्द्रमणी भुषाल,पर्वत जेसीजका अध्यक्ष विनोद आचार्य, बागलुङ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय राना, सम्मानित व्यक्तित्व प्रतिक्षा गौतमले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्मानित व्यक्तित्वको बारेमा बागलुङ जेसीजका कार्यक्रम संयोजक तारा प्रसाद शर्माले जानकारी दिनु भएको थियो ।

सप्ताहव्यापी कार्यक्रमको बारेमा मूल संयोजक गणेश महतोले जानकारी दिनु भएको थियो ।कार्यक्रम बागलुङ जेसीजका शाखा अध्यक्ष सौरभ श्रेष्ठको अध्यक्षता, लिडर्स अध्यक्ष दिवाकर शाक्यको स्वागत र महासचिव अञ्जिला श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

सप्ताहको दोस्रो दिन आइतवार सत्यदेवी स्मृति स्लो वाइक रेस प्रतियोगिता लोकतान्त्रिक चोकमा हुने अध्यक्ष सौरभ श्रेष्ठले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्