२१ बैशाख २०८१, शुक्रबार

 

रगतको क्यान्सरबाट पीडित वालिकालाई अमेरिकाबाट सहयोग

बागलुङ नगरपालिका वडा नं ३ निवासी रगतको क्यान्सरबाट पीडित वालिकालाई अमेरिकामा रहेका बागलुङ र म्याग्दीका स्थानियले आर्थिक सहयोग गरेका छन् । बागलुङ नगरपालिका ३ का शिव खड्का तथा शिखा खड्काका १४ वर्षिया छोरी सिभिसा खड्को उपचारको लागि अमेरिकामा रहेको प्रेम सुवेदीको पहलमा शंकलन भएको १ लाख ४३ हजार ८ सय सहयोग गरिएको हो ।

सहयोग रकम प्रजातन्त्रवादी प्रध्यापक संघ धवलागिरी वहुमुखी क्याम्पसका उपाध्यक्ष रामजी सुवेदीले क्यान्सर पीडित वालिकाका हजुरबा नारायण प्रसाद श्रेष्ठलाई हस्तान्त्रण गर्नु भएको थियो । खड्काको उपचारका लागि लामो समय बागलुङको विद्यार्थी राजनीतिमा सक्रिय भै हाल अमेरिकामा रहनु भएको प्रेम सुवेदीको पहलमा रकम शंकलन भएको थियो ।

दुई बर्ष देखि ब्लड क्यान्सर पीडित खड्काको क्यानसर अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्