१७ बैशाख २०८१, सोमबार

 

आदर्श विद्यामन्दिर माविमा मनाइयो राष्ट्रिय बाल दिवस

आदर्श विद्यामन्दिर आवसिय माध्यमिक विद्यालयले राष्ट्रिय बाल दिवसको अवसरमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ मनाइँएको बाल दिवसको अवसरमा विद्यालयले आन्तरिक तीज विशेष कार्यक्रम सम्पन्न गरको हो ।

कार्यक्रमको उद्घाटन गर्दै धवलागिरी वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा रामप्रसाद उपाध्यायले पर्वहरुमा गरिने कार्यक्रमले पनि विद्यार्थीहरुमा थप ज्ञानको विकास हुने बताउनु भयो । अध्ययनले मात्र विद्यार्थी पूर्ण नहुने भएकोले अतिरिक्त क्रियाकलापको खाचो रहेको बताउनु भयो ।

कार्यक्रममा विद्यलयका संचालनक शिव पौडेलले बाल दिवको वारेमा वोल्नु भएके थियो । विद्यालयका पिन्सिपल भुपेन्द्र केसीको अध्यक्षता विद्यालय संचालक समितिका कोषाध्यक्ष रञ्जु शर्माको स्वागत र शिक्षक जुना केसी र धन वहादुर खत्रीको संचालनमा सम्पन्न भएको थियो । सो अवसरमा विद्यार्थीहरुले एकल तथा सामूहिकरुपमा तीज सम्बन्धी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्