१५ बैशाख २०८१, शनिबार

 

तिज पर्वको पौराणिक सांस्कृतिक परम्परालाई जोगाउनु पर्छ : सांसद कुसुम बुढा

बागलुङ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको पौराणिक सांस्कृतिक परम्परालाई जोगाउन सबै लाग्नु पर्ने गण्डकी प्रदेशका सांसद तथा नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेशका सांसद तथा प्रमुख सचेतक कुसुम बढाले बताउनु भयो ।

उहाँले काठेखोला गाँउपालिका वाड नं ५ मा सृजना साँस्कृतिक परिवारले आयोजना गरेको कार्यक्रममा सो कुरा बताउनु भएको हो । महिलाको मुक्ति उनीहरुको राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक स्वतन्त्रतासँग जोडिएकोले उनीहरुले आफनो हक र अधिकारको लागि आफै संघर्षमा भाग लिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा विहुँकोट विकास मंचका अध्यक्ष हिरालाल कँडेल, काठेखोला गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष ज्ञामनाथ कँडेल, नेकपा एमाले वडा नं ५ का पार्टी अध्यक्ष हिरालाल सापकोटा, दलित समन्वय समितिका सल्लाहकार चिन्तामणि विक र महिला जागरण केन्द्र मल्म, गलकोटकी अध्यक्ष ललिता थापाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम सृजना साँस्कृतिक परिवारका अध्यक्ष देवी राम विकको अध्यक्षता, स्वागत काठेखोला गाउँ कार्यपालिका सदस्य गिता देवी विक र संचालन भूपुसचिव सुरेश सुनार र सदस्य विनोद विकले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्