१५ बैशाख २०८१, शनिबार

 

बागलुङको प्रमुख जिल्ला अधिकारीमा रिजाल

गृह मन्त्रालयले बागलुङको प्रमुख जिल्ला अधिकारीमा खगेन्द्र प्रसाद रिजाललाई खटाएको छ । प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको भक्तपुरको जिल्ला प्रशासन कार्यालयमा सरुवा भएसँगै रिक्त बागलुङमा रिजाललाई पठाइएको हो । रिजाल यसअघि भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो ।

गृह मन्त्रालयले भदौ २५ गते मातहतका पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १० जना सहसचिवहरूको सरुवा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्