२२ भाद्र २०८३, सोमबार

 

बागलुङमा धुमधामका साथ मनाइयो ४४ औं विश्व पर्यटन दिवस

बागलुङ । ४४ औं विश्व पर्यटन दिवस बागलुङमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयको छ । विश्व पर्यटन दिवसको अवसरमा पर्यटन तथा उद्योग कार्यालय, बागलुङ नगरपालिका तथा पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला संस्थाहरूले विभिन्न कार्यक्रमहरू गरेर धुमधामका साथ ४४ औं विश्व पर्यटन दिवस मनाएको हो।

दिवसको अवसरमा बागलुङ बजारमा बृहत् प्रभातफेरीसहित कार्यक्रम आयोजना गरिएको थियो । बागलुङको लोकतान्त्रिक चोकबाट सुरु भएको प्रभातफेरी लालीगुराँस चोक, नारायण चोक, वुद्धविहार, ऐश्वर्य पार्क हुँदै बागलुङ कालिका मन्दिर परिसरमा रहेको कालिका मल्टी प्यालेसमा पुगेर औपचारीक कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभाका उपसभामुख बिना कुमारी थापाले पर्यटन देशको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै ओझेलमा परेका प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक धरोहरहरूलाई विकसित गर्दै जानुपर्ने बताउनु भयो । जिल्लामा पर्यटनको प्रचुर सम्भावना रहे पनि प्रचार प्रसारको अभावमा पर्यटकलाई आकर्षित गर्न नसकिएकोले पर्यटन विकासकोलागि आधारभूत पूर्वाधारको विकास हुन जरुरी रहेको बताउनु भयो ।

जिल्लाका सबै पर्यटकिय स्थलहरुसम्म आउन जान पर्यटकहरुका लागि सडकको सहज पहुँच हुन आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश पोखराका कुन्दन मिश्र, स्वामी हिमालय बाबा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बागलुङका पर्यटकिय गन्तव्य र स्थानीय नगर तथा गाउँपालिकाले पर्यटनको क्षेत्रमा गरेको कामको बारे बागलुङ उद्योग वाणिज्य सघंका अध्यक्ष नरेश कँडेलले जानकारी गराउनु भएको थियो । कार्यक्रम उद्योग तथा पर्यटन कार्यालय बागलुङका प्रमुख पारसि थापाको अध्यक्षता, होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालको स्वागत मन्तव्य र होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रमका पर्यटक भित्राउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै होटल पिस प्यालेसका संचालक अशोक गोबिन्द राजभण्डारी लाई सम्मान गरिएको थियो । पर्यटन तथा उद्योग कार्यालय बागलुङ, बागलुङ नगरपालिका, बागलुङ उद्योग वणिज्य संघ, होटल व्यवसायी महासँघ गण्डकी प्रदेश, होटल व्यवसायी संघ बागलुङ, पर्यटन विकास समिति र बागलुङ कालिका भगवती गुठीले संयुक्त आयोजनामा दिवस मनाइएको थियो।

May be an image of 9 people, dais and text

May be an image of 6 people and text

May be an image of 7 people, temple and text

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung