४ जेष्ठ २०८१, शुक्रबार

 

जन्म दिनको उपलक्ष्यमा विद्यार्थीलाई पोशाक र खाजा सहयोग

बागलुङ । लायन्स क्लब अफ बागलुङ युनियनका कोषाध्यक्ष तथा व्यवसायी चुडामणि सापकोटाले आफनो जन्म दिनको उपलक्ष्यमा विद्यार्थीलाई पोशाक सहयोग गरेका छन् ।

सापकोटाले बागलुङ नगरपालिका वडा नं ७ को तितौरेमा रहेको तितौरे माध्यमिक विद्यालयका २५ जना विद्यार्थीहरुलाई  ३० हजार रुपैयाँको पोशाक र २० हजार रुपैयाँको खाजा सहयोग गरेका हुन् ।

मैले आफनो जन्मको दिन पारेर विद्यार्थीलाई पोशाक सहयोग गर्न पाउँदा धेरै खुशी लागेको चुडामणि सापकोटाले नयाँ विश्वलाई बताउनु भयो

। कार्यक्रममा तितौरे माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक महेन्द्र कार्की, जोन चियर पर्सन नारायण प्रसाद आचार्य, जिएमए चिफ दुर्गा कुँवरले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ युनियनका कोषाध्यक्ष तथा व्यवसायी चुडामणि सापकोटाको अध्यक्षता र रबागलुङ युनियनका सचिव लक्ष्मण कार्कीले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्