४ जेष्ठ २०८१, शुक्रबार

 

३३ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको उपलक्ष्यमा तीन जना जेष्ठ नागरिक सम्मानित

बागलुङ । बागलुङमा ३३ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइएको छ । शनिबार जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै जेष्ठ नागरिक दिवस मनाइएको हो ।

कार्यक्रममा दुई जना जेष्ठ नागरिक नन्द कलि क्षेत्री र कमल कुमार जिसीलाई नगद दुई हजार पाँच सय रुपैयाँ, दोसल्ला र सम्मानपत्रका साथ सम्मान गरिएको थियो । साथै सय वर्षीय तिल कुमारी नायरलाई पनि दुई हजार पाँच सय रुपैया र दोसल्लाले सम्मान गरिएको हो ।

 

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जेष्ठ नागरिको अवस्था , अधिकार र महत्वको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख अमर बहादुर थापा, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्का, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका उपसभापति राजेन्द्र आचार्य र जेष्ठ नागरिक जिल्ला संघ बागलुङका अध्यक्ष लालचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम जेष्ठ नागरिक जिल्ला संघ बागलुङका अध्यक्ष लालचन्द्र राजभण्डारीको अध्यक्षता, स्वागत उपाध्यक्ष चिरिन्जिवि श्रेष्ठले र संचालन सामाजिक विकास कार्यालयकी कार्यालय प्रमुख गोमा देवी शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्