४ जेष्ठ २०८१, शुक्रबार

 

मानवसेवा आश्रम बागलुङको भवन निर्माणको लागि प्रवासीकोे सहयोग

बागलुङ । बागलुङ नगरपालिका – ४ निर्णयघाटमा निर्माण हुदै गरेको मानव सेवा आश्रमको भवन निर्माणका लागि बेलायतबाट सहयोग प्राप्त भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका ४ जन्म भै रुपन्देहीको तिलोत्तमा गरपालिका ४ बुटवल स्थाई घर भई बेलायतमा रेस्टुरेन्ट व्यवसायी गर्ने सुरेश केसीले पाँच लाख ११ हजार सहयोग गर्नु भएको हो ।

हाल बेलायत निवासी केसीले मानव सेवा आश्रम भवन निर्माण एक कोठा बनाउन ५ लाख ११ हजार १सय ११ रुपैया सहयोग गर्नुभएको छ । बुवा कर्णबहादुर क्षेत्री र आमा हरिकला क्षेत्रीको सम्मानमा सो रकम सहयोग गर्नु भएको हो । मानव सेवा आश्रमको केन्द्रिय टोलिले युकेमा आयोजना गरेको आमा सेमिनार अवसरमा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीलाई सहयोग हस्तान्त्रण गर्नुभएको हो ।

मानव सेवामा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो छ । मानव सेवा अश्रम बागलुङले गण्डकी प्रदेश सरकार विभिन्न स्थानीय तह तथा दानदाताको सहयोगमा आधुनिक भवन निर्माण गरिरहेको छ । ५ रोपनी क्षेत्रफलमा आधुनिक भवन निर्माणको काम भैरहेको आश्रमका अभिभावक निर्मल कुमार श्रेष्ठले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्