१९ बैशाख २०८१, बुधबार

 

चाडपर्वलाई लक्षित गरी बागलुङका चार ठाउँमा यात्रु सहायता कक्ष स्थापना

बागलुङ । दसैं, दीपावली, नेपाल सम्वत् र छठको बेलामा हुने यात्रुको चापलाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय बागलुङकाले यात्रु सहायता कक्ष स्थापना गरेको छ।

चाडपर्वमा हुने भीडभाडमा यात्रुको सहजताका लागि सदरमुकाम बागलुङ बजार सहित जिल्लाका ४ ठाँउमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो।

बागलुङ बजारमा यात्रु सहायता कक्ष उद्घाटन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले चाडवाडको समयमा भाडामा यात्रु ठगिने, यात्रुको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुने र यातायात व्यवसायीलाई जवाफदेही बताउन सहायता कक्ष स्थापना गरिएको बताउनु भयो ।

यात्रु सहायता कक्षले यातायात व्यवसायी र यात्रु सबैको समस्या समाधानका लागि महत्वपूर्ण हुने तथा यात्राका क्रममा असहजता महसुस भए ती सहायता कक्षामा उजुरी वा गुनासो गर्ने व्यवस्था गरिएको बरालले बताउनु भयो ।

कार्यक्रममा गण्डकी धौलागिरि यातायात प्रालिका अध्यक्ष उमेश केसीले यात्रुको चाप सामान्य रहेको बेलामा त्यति धेरै समस्या नआउने भए पनि चाडपर्वका बेलामा यात्रु सहायता कक्ष राख्दा दुर्घटनाको जोखिम न्यूनिकरण हुने बताउनु भयो ।

सहायता कक्षमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरीले सयुक्त रुपमा प्रहरी खटाएका छन् । साथै यसले मध्यपहाडी लोकमार्ग हुँदै बाहिरिने तथा भित्रिने सवारी साधनको निगरानी, अनुगमन र यात्रुका गुनासोको सुनुवाइ गरिनेछ।

जिल्ला प्रहरी कार्यलय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको अध्यक्षता जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख मिन बहादुर खड्काको स्वागत र जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक गंगा भुजेलको संचालनमा सम्पन्न भएको थियो ।

यात्रु सहायता कक्षामार्फत ट्राफिक नियम सचेतना गराउने, क्षमताभन्दा बढी यात्रु राखेको, तोकिएभन्दा बढी भाडा लिएको विषयमा चेकजाँच गर्ने व्यवस्था गरिएको छ ।

बागलुङ बजारकासाथै बागलुङ नगरपालिका १ मालढुंगा, गलकोट नगरपालिका ३ हटिया बजार र ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याईएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक मदन केसीले बताउनु भयो ।

May be an image of 7 people, dais and text

May be an image of 5 people, dais and text

May be an image of 7 people, crowd and text that says 'गौतम किचन हाउस SERVO SERVO'

May be an image of 3 people and text

May be an image of 4 people and text

May be an image of 7 people and text

May be an image of 8 people and text

प्रतिक्रिया दिनुहोस्